भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
रौतहट, १५ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी
मोर्चाको आह्वानमा जारी आन्दोलनका क्रममा गत
भदौ ८ गते प्रहरीको गोली लागि मृत्यु भएका
राजकिशोर ठाकुरको शव आज उनका परिवारले बुझी
लगेका छन् ।
सदरमुकाम गौरस्थित कवीर चोकमा आन्दोलनका
क्रममा दङ्गाग्रस्त घोषित क्षेत्रमा प्रहरीको गोली
लागी मठिया गाविस– ६ बस्ने २४ वर्षीय ठाकुरको
मृत्यु भएको थियो ।
मृतकलाई सहिद घोषणा र परिवारलाई
क्षतिपूर्तिको माग राख्दै मोर्चा र मृतकका
परिवारले शव बुझ्न नमानेकामा जिल्ला सुरक्षा
समन्वय समितिले सहिद घोषणा तथा अन्य प्रक्रिया
पूरा गर्न गृहमन्त्रालयमा पत्राचार गरेपछि शव बुझेर
अन्तिम सद्गतका लागि लगेको प्रहरी उपरीक्षक
प्रद्युन्न कार्कीले बताउनुभयो ।
उहाँका अनुसार जिल्ला सुरक्षा समन्वय समितिको
बैठकले मृतक ठाकुरलाई सहिद घोषणाका लागि
प्रक्रिया सुरु गरेको छ ।
मृतक ठाकुरलाई सहिद घोषणा, आश्रित परिवारलाई
क्षतिपूर्ति तथा परिवारमध्ये एकजनालाई
रोजगारीसहित पाँचबुँदे माग मोर्चाले जिल्ला
प्रशासन कार्यालयमार्फत सरकारसँग राखेको थियो
। केही दिन पहिले मोर्चाले आन्दोलनमा मरे शहिद
घोषणा गराउने र ५० लाख क्षतिपूर्ति दिने घोषणा
गरेको थियो ।

0 comments:
Post a Comment