भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौँ, १५ भदौ ।
सेनाको घेरामा दरबारभित्रै मारिएका नेपालका
पूर्वराजा वीरेन्द्र शाह र उनको परिवारका नाममा
रहेको सम्पत्ति त नेपाल ट्रष्टको नाममा कायम भयो
। तर पूर्वराजा वीरेन्द्रको हत्यापछि धेरै सम्पत्ति
सुसारेको नाममा समेत लुकाइएको तथ्य सार्वजनिक हुन
थालेका छन् ।
०५२ देखि ०५९ सम्म तत्कालीन अधिराजकुमारी कोमल
शाहको सुसारे बसेकी दैलेखकी नन्दा मल्लको नाममा
नगद, जग्गा जमिन र घरसमेत जोड्दा उनको नाममा
चार अर्ब रुपैयाँ सम्पत्ति भएकाले छानबिन गर्न माग
गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि
सम्पत्ति शुद्धिकरण नियन्त्रण विभागमा पनि उजुरी
परेको छ ।
सम्पत्ति शुद्धिकरण विभागमा ०७२ भदौ ५ गते दर्ता
भएको उजुरीको दर्ता नम्बर १२४ हो । हिजो
सामान्य हैसियत भएकी नन्दा मल्ल १० वर्षमा कसरी
अरबौँ रुपैयाँको मालिक बनिन्, त्यसको छानबिन
गरी स्रोत नखुलेको सम्पत्ति छानबिन गर्न माग
गरिएको छ । मल्लले उजुरी परेपछि स्रोत देखाउनुपर्छ
भनेर निकटस्थ तथा नातेदारका नाममा पनि सम्पत्ति
राखेको उजुरीमा उल्लेख छ ।
४ अर्ब बराबरको सम्पत्तिको विवरणसहित उजुरी
दिँदा पनि सरोकारवाला निकायले खोजी नगरेको
जिकिर गरिएको छ । सरोकारवाला निकायले
मल्लको स्रोत नखुलेको सम्पत्तिको छानबिन गरी
जफत गरी कडा कारबाही गरिनुपर्ने माग पनि
गरिएको छ । नन्दा मल्लले सम्पत्तिको स्रोत पुष्टी
गर्न विभिन्न ब्यक्तिबाट सापटी लिएको नक्कली
कागजसमेत विभिन्न निकायमा पेश गरेको खुलेको छ ।
एक लाख पनि सापटी दिन नसक्ने हैसियत भएकाहरुसँग
१ करोड रुपैयाँसम्म मल्लले ऋण लिएको कागज बनाएर
सम्पत्ति शुद्धिकरण विभागको आँखामा छारो
हाल्ने प्रयास गरेको बुझिएको छ ।
नन्दा मल्लले अभिनास उप्रेतीसँग ६० लाख, राजबहादुर
मल्लसँग २५ लाख, भरत रोक्कासँग २५ लाख, अभिनाष
उप्रेतीको सालीसँग ४० लाख, इन्द्रबहादुर थापाको
नाममा १ करोड रुपैयाँ सापट लिएको कीर्ते
कागजात बनाएको प्रमाण सम्पत्ति शुद्धिकरण
नियन्त्रण विभागले प्रमाण आवश्यक परे दिने दाबी
उजुरीकर्ताले गरेका छन् । त्यसका अलावा मल्लसँग
बिल नभएको सुन १६५० ग्राम (डेढकिलो भन्दा बढी) र
५ करोड रुपैयाँ भन्दा बढी नगद घरमै मौज्दात रहेको
उजुरीकर्ताले बताए ।
मल्लको सम्पत्ति छानबिनको बिषय अख्तियारले
सम्पत्ति शुद्धिकरण विभागमै पठाइसकेको छ ।
सम्पत्ति शुद्धिकरण नियन्त्रण विभागका
महानिर्देशक केवल भण्डारीले आपराधिक कार्यबाट
आर्जन गरेको सम्पत्ति छानबिन गर्ने काम विभागको
भएको बताए । मल्लको बारेमा बेनामी र नाममा
पनि उजुरी परेको बताउदै उनले भने, ‘अनुसन्धान भइरहेको
छ ।’
पत्रपत्रिकामा समाचार आएपछि मालपोत
कार्यालयमा कित्ता नम्बर लिएर बुझ्दा मल्लको
नाममा कतिपय जग्गा फेला नै नपरेको बताए । उजुरी
परेपछि विभागले छानबिन र सोधपुछ गरेको छ । मल्लले
विवरण बुझाइरहेकी छिन् । विभागमा ऋण लिएर
गरेको ब्यवसायबाट आर्जन गरेको सम्पत्ति पनि
अस्वभाविक ढंगले कमायो भनेर उजुरी दिने प्रवत्ति
बढेको छ । उजुरी परेपछि बुझ्दा बैंकबाट ऋण लिएर
ब्यवसाय गरिरहेको भेटिन्छ ।
रिसइबीले उजुरी हाल्ने प्रवृत्ति बढेको उनको भनाइ
छ–विभाग मुख्यतया अपराधिक कार्यबाट आर्जित
सम्पत्ति विभिन्न ब्यवसायमा लगानी गरेकोबारेमा
छानबिन गर्ने निकाय हो भन्ने बुझिदिनुपर्यो ।
अख्तियारमा परेको उजुरीमा नन्दाको नाममा
काठमाडौँको बुढानीलकन्ठमा २५ रोपनी जग्गा र ८
वटा घर छन् । जग्गा र घर नन्दा मल्ल, लक्ष्मी सिंह,
सावि सिंह, लालबहादुर मल्ल, बखत सिंह, रणबहादुर
सिंह, अभिनाष उप्रेतीको नाममा छ । काठमाडौं
महानगरपालिका वडा नम्बर ३ बसुन्धरामा सात
रोपनी जग्गा र जग्गामा बनेका चार घर नन्दा मल्लकै
नाममा छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १७
स्थित १० कठ्ठा ३ धुर र एउटा घरसमेत छ । सुर्खेतको
विनपामै बखत सिंहको नाममा १० कट्ठा ३ धुर, नन्दा
मल्लको नाममा १० कट्ठा र अनिपाल मल्लको
नाममा १५ कठ्ठा जग्गा र एउटा घर रहेको छ ।
वीरेन्द्रनगर नगरपालिका १७ मै कर्णबहादुर मल्लको १०
कठ्ठा जग्गा र एउटा घर छ । अनिपाल मल्लको
नाममा बाँकेको कोहलपुरमा पनि जग्गा रहेको
उजुरीमा उल्लेख रहेको समाचार दृष्टिले लेखेको छ ।

0 comments:
Post a Comment