भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
महोत्तरी, २४ भदौ । हिजो आन्दोलनकारी र
प्रहरीबीच भएको तनावलाई थप व्यवस्थित गर्न
शान्ति सुरक्षाको अवस्था कायमा राख्न
आज बिहानैबाट महोत्तरीमा सेना परिचालन
गरिएको छ ।
प्रचलित कानूनी प्राविधान बमोजिम स्थानीय
सुरक्षा व्यवस्थालाई ध्यानमा राखी महोत्तरीमा
नेपाली सेना परिचालन गरिरएको प्रमुख जिल्ला
अधिकारी दिपका काफ्लेले बताएका छन् । उनले
जिल्लाको स्थिति बिंग्रदै गएपछि जनधनको शान्ति
र सुरक्षालाई ध्यानमा राखी नेपाली सेना
परिचालन गरिएको जनाए ।
बिहीबार बिहान जिल्ला प्रशासन कार्यालय
महोत्तरीमा बसेको सुरक्षा निकायको वैठकबाट
नेपाली सेना परिचालन गर्ने निर्णय गरिएको हो।
दिनभर सुरक्षाकर्मीसँग तनावग्रस्त अवस्थामा रहेका
आन्दोलनकारीले बुधबार राति महोत्तरीको
विभिन्न ठाउँमा रहेको चार प्रहरी चौकीमा
आगजनी गरेका छन्। प्रहरीको गोली लागेर तीन जना
मारिएपछि आक्रोशित आन्दोलनकारीले इलाका
प्रहरी कार्यालय बलबा, मनरा प्रहरी चौकी,
पर्सापतैली प्रहरी चौकी र औरही प्रहरी बिटमा
आगजनी गरेका हुन् । रातको समयमा बलवा प्रहरी
चौकीमा आगजनी गर्ने क्रममा आधा दर्जनभन्दा बढी
प्रहरीसमेत घाइते भएका छन् ।
यसैबीच आक्रोशित सर्वसाधारणले प्रहरी चौकी र
प्रहरी बिटमा आगजनी गर्न थालेपछि इलाका प्रहरी
कार्यालय बलवा र लोहारपटि इप्रकालाई
रामगोपालपुरमा सारिएको छ।
त्यस्तै रघुनाथपुरलाई खैरबनीमा, गैढाभेटपुर प्रहरी
चौकीलाई सम्सीमा, मनरालाई सिसवाकटीमा र
पर्सा पतैली र धिरापुरलाई जिल्ला प्रहरी
कार्यालय जलेश्वर सारिएको छ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले वुधबार
राति ८ बजेदेखि जारी गरेको कर्फ्युका कारण
जनजीवन प्रभावित हुन पुगेको छ। जलेश्वरको सडक
बिहानै सुनसान देखिएको छ।
सडकमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र
प्रहरीको उपस्थिति वाक्लो पारिएको छ।
अत्यावश्यक कामका लागि घर वाहिर निस्कने
सर्वसाधारणलाई पनि घरबाट बाहिर निस्कन
दिइएको छैन।
यता आन्दोलनकारीले मृतकलाई शहीद घोषणा गर्नु
पर्ने , उचित क्षतिपूर्ति र न्यायिक छानबिन हुनुपर्ने
माग गरेका छन्।
प्रहरीको गोली लागि मृत्यु भएका जलेश्वर
नगरपालिका ७ बजराहीका रोहन चौधरी, महोत्तरी
गाविस ५ का रामविवेक यादव र जलेश्वर नगपालिका
१४ बखरी घर भएका मुसवा भनिने अमित कापरको शव
जिल्ला स्वास्थ्य कार्यालयमा राखिएको छ।
यता प्रहरीको गोली लागेर गम्भीर घाइते भएका
जलेश्वरका वीरेन्द्र बिच्छाको टाउकोमा गोलि
लागेको र उनको अवस्था गम्भीर छ। उनको उपचार
जनकपुर अञ्चल अस्पतालमा सम्भव नभएपछि थप उपचार
लागि काठमाडौंमा लगिएको छ।
विच्छाको नर्भिक अस्पतालमा र बाँकी दुई जनाको
विर हस्पिटलमा उपचार भइरहेको छ।

0 comments:
Post a Comment