Home » » आजको राशिफल हेर्नुहोस्

आजको राशिफल हेर्नुहोस्

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

वि.सं. २०७२ साल असोज १ गते। शुक्रबार। इश्वी सन् २०१५ सेप्टेम्बर १८ तारिख...

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesसुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। व्यावसाय विस्तारका लागि यात्रा पनि हुनेछ। सोख पूर्तिका लागि खर्च बढ्ला। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। साँझपछि भने सानातिना समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्यगत समस्याले पनि सताउन सक्छ। उपचारमा खर्च हुनेछ। स्वास्थ्य, महत्वपूर्ण काम र आर्थिक गतिविधिमा सचेत रहनुहोला।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusकाममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नपर्ला। तापनि, प्रयत्न गर्दा शत्रुहरूलाई तह लगाउन सकिनेछ। रोकिएका काम बन्नुका साथै धेरै योजना फलीभूत हुनेछन्। साँझदेखि व्यापारमा लाभ मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। आतिथ्यपूर्ण सम्मान पाइने समय छ। आम्दानी बढ्ने र फाइदा उठाउने समय छ। रमाइला ठाउँको भ्रमण गर्ने अवसर जुट्नेछ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiअप्रिय समाचारले मन खिन्न रहला। अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। पठनपाठनमा भने राम्रै प्रगति हुनेछ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। ठूलो फाइदा उठाउन नसकिए पनि गरी आएका कामबाट आर्थिक लाभ हुनेछ। केही फजुल खर्च पनि बढ्न सक्छ। साँझदेखि परिस्थिति उत्साहजनक बन्नेछ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerसामाजिक काममा फाइदा होला। घर–गृहस्थीमा भने समस्या आउनाले काममा समेत बाधा पुग्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि साँझदेखि स्थितिमा सुधार आउनेछ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत दिलाउनेछ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoउद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिस्पर्धी परास्त होलान्। आम्दानी राम्रैगरी बढ्नेछ। सहयोगीहरूले पनि साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। पराक्रम र उत्साह बढ्नेछ। नयाँ, रचनात्मक काममा हात हाल्ने समय छ। साँझपछि भने विश्वासपात्रले धोका दिन सक्छन्। घरपरिवारमा असमझदारी बढ्ने र काम रोकिने सम्भावना छ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoविचारले धेरैलाई प्रभावित बनाउन सकिनेछ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ। साँझतिर नयाँ काम सुरु हुन सक्छ। सहयोगीहरूको साथले आँटेका काममा उत्साह पनि थपिनेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraकामा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन होला। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। नयाँ रचनात्मक काम सुरु गर्ने समय छ। रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुटे पनि साँझदेखि आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ, सजग रहनुहोला।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioसमयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। खर्च गरेर पनि फाइदा उठाउन मुस्किल पर्नेछ। सत्कर्ममा जुट्नेहरूलाई भने फाइदै हुनेछ। प्रतिस्पर्धाबाट लाभ उठाउन सकिनेछ। प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्न सक्छ। साँझतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusअवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला। प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ। लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ। सरसापटमा धन खर्च हुने समय छ। श्रमको उचित मूल्य नमिल्न सक्छ। लगानीको तुलनामा कम देखिए पनि प्रयत्न गर्दा दिगो फाइदा उठाउन सकिनेछ। साँझदेखि खर्चको मात्रा बढ्नेछ। परिस्थितिले निष्क्रिय बनाउन सक्छ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornआफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ हुन सक्छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने मौका छ। साँझदेखि सरसापटमा धन खर्च हुन सक्छ। आम्दानी बिगार्नेहरू सक्रिय हुनेछन्।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusअवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले फसाउन सक्छन्। अवसरका लागि जोखिमपूर्ण वा तत्काल लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। विशेष योजना गोप्य राख्नुहोला। साँझदेखि स्थितिमा सुधार आउनाले विभिन्न अवसर पाइनेछ। कीर्तिमानी काम गर्ने समय छ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesसमस्या दोहोरिन सक्छन्। सानातिना घरेलु काममै अल्झनुपर्ला। सवारीमा समेत सावधानी अपनाउनुपर्नेछ। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद हुने सम्भावना छ। प्रयत्न गर्दा साँझदेखि स्थिति अनुकूल बन्नेछ। सहयोगीहरूले साथ दिनेछन् भने आँटेका काम बन्नेछन्। धेरैलाई फाइदा पुग्ने काम सम्पादन गर्न सकिनेछ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved