भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडाैं, भदाै २४ । दुई जना नेपाली महिलालाई
बन्धक बनाई बलात्कार गरेको आरोप लागेका साउदी
अरेबियाका अधिकारीलाई पक्राउ गर्न कानूनी
जटीलता देखिएको छ ।
कुटनीतिक संरक्षण भएकाले ती अधिकारीलाई
पक्राउ नगरिएको भारतीय समाचार माध्यमहरुले
जनाएका छन् । पीडित.मध्ये एक ५० बर्षिया लिम्बू
महिला हुन् । उनी तीन नातीनातिनाका
हजुबारअामा समेत हुन् । यस्तै ३० बर्षिया अर्की
महिला ३ छाेरीछोरीकी अामा हुन् ।
यसअघि दुईजना नेपाली महिलामाथि भारतको
राजधानी दिल्ली नजिकै बलात्कार भएको
भनिएको घटनामा साउदी अरेबियाका एकजना
कूटनीतिज्ञ संलग्न रहेको बताईएको थियो ।
घटनाबारे अनुसन्धान गरिरहेको भारतीय प्रहरीले
जनाएको थियो । तर, ती व्यक्तिलाई कुटनीतिक
संरक्षण भएकाले पक्राउ गरेर अनुसन्धान गर्न सकिएको
छैन ।
भारतीय सर्वाेच्च अदालतका वरिष्ठ वकिल केटीएस
तुलसीका अनुसार विना कुटनीतिक संरक्षण कुनै पनि
देशले दोस्रो देशका कुटनीतिज्ञलाई गिरफ्तार गर्न
सक्दैन ।
अन्तर्राष्ट्रिय कानूनमा के छ ?
भारतले सन् १९६१ मा हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय
सन्धिअनुसार विदेशी कुटनीतिज्ञलाई कुटनीतिक
संरक्षण दिइएको छ । यो सन्धिको २९ औं अनुच्छेदमा
कुनै पनि कुटनीतिज्ञलाई हिरासतमा लिन सकिदैन ।
कुटनीतिज्ञलाई गिरफतार गरिदैन भने उनीबिरुद्ध कुनै
पनि मुद्दा दर्ता गरिनेछैन, जसले ती कुटनीतिज्ञको
प्रतिष्ठामा ठेस पुगोस् ।
यस्तै ३१ औं अनुच्छेदमा कूनै पनि कुटनीतिज्ञलाई
आपराधिक गतिविधिमा समेत छुट दिइएको छ ।
यद्यपी भारत–साउदी कुटनीतिज्ञलाई कारबाही
गर्न परेमा कुटनीतिज्ञलाई पदबाट हटाउनु पर्छ ।
भारतले अन्तर्राष्ट्रिय कानुनको वेवस्ता गर्दै
साउदीका कुटनीतिज्ञलाई कारबाही गरेमा
साउदीले पनि त्यसै गर्नसक्छ ।
यसअघि भारत र पाकिस्तानबीच पनि
कुटनीतिज्ञको गिरफ्तारीका विषयमा तनाव हुने
गर्छ । यद्यपी कुनै पनि देशले दोस्रो देशका
कुटनीतिज्ञलाई हात लगाउन पाउँदैन ।
नेपाली महिलाई बलारत्कार गरेको आरोप लगोका
साउदी अरबका कुटनीतिज्ञलाई भारतीय जाँच
एजेन्सीले सोधपुछ समेत गर्न सक्दैन । उनीबिरुद्ध कुनै
प्रकारको कारबाही हुने छैन जबसम्म उनी कुटनीतिक
रहिरहेछन् ।
साउदी अरेबियाले आफ्ना कुटनीतिज्ञलाई दोषी
पाएमा उनलाई पदबाट हटाएमात्र कारबाही
हुनसक्नेछ । तर, आफ्ना अधिकारी बदनाम हुने डरले
साउदीले उनलाई पदबाट हटाउने कुनै संकेत देखाएको छैन
।
यसअघि ३० वर्ष हाराहारीका दुई नेपाली
महिलाहरुलाई अपहरण गरी एउटा भाडाको घरमा
ती कूटनीतिज्ञले पटक–पटक बलात्कार गरेको
बताएइएको थियो । आफुहरुलाई अपहरण गरी एउटा
भाडाको घरमा ती कुटनीतिज्ञले पटक–पटक
बलात्कार गरेको पनि महिलाहरुले बयान दिएका
थिए ।
गुडगाँव प्रहरीका अनुसार ती महिलाहरुले आफूहरुलाई
यसअघि साउदी अरेबियाको जेद्दा शहरमा लगिएको
र त्यहाँ घरेलु काम गरेको अनि त्यसपछि बलात्कार
गरिएको बताएका थिए ।
केहि दिन पहिले महिलाहरुलाई साउदी
अरेबियाबाट गुडगाँव ल्याइएको थियो र
त्यहाँस्थित एउटा घरमा उनीहरुलाई बलात्कार
गरिएको थियो । गुडगाँव प्रहरीका अुनसार घटना
भएको भवनको एउटा तल्ला साउदी दूतावासले
भाडामा लिएको थियो ।
अर्की महिला उक्त घरमा काम गर्न गएको बेला ती
दुई महिलाको अवस्थाबारे थाहा पाएर उनले एउटा
गैरसरकारी संस्थालाई जानकारी गराएको गुडगाँव
प्रहरीले जनाएको थियो ।
त्यसपछि गुडगाँव प्रहरीले डीएफएल फेज २ स्थित
एउटा भवनमा छापा मारेर ती महिलाहरुलाई मुक्त
गराएको थियो ।

0 comments:
Post a Comment