भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौँ, १७ भदौ । सभामुख सुवासचन्द्र नेम्वाङले
पछिल्लो समय वीरगन्जलगायत मुलुकका विभिन्न
स्थानमा भएका घटनाका बारेमा सरकारको
ध्यानाकर्षण गराउँदै संसद्को आगामी बैठकमा यसबारे
जानकारी गराउन गृहमन्त्रीलाई निर्देशन दिनुभएको
छ ।
मुलुकका विभिन्न भागमा विरोध प्रदर्शनका क्रममा
सरकारले दमन गरिरहेको, समस्या समाधान गर्न
सरकारले ध्यान नदिएको लगायतका विषयमा
सभासद्हरुले कुरा उठाएपछि सभामुख नेम्वाङले
गृहमन्त्रीलाई उक्त निर्देशन दिनुभएको हो ।
उहाँले तराईका विभिन्न भागमा जमिन सुक्खा भएर
बाँझो रहेको र हज कमिटीको भत्ताबारे पनि
पटकपटक संसद्मा कुरा उठेकाले ती विषयमा पनि
संसद्को अर्को बैठकमा जानकारी गराउन सम्बन्धित
मन्त्रीलाई निर्देशन दिनुभयो ।
सभामुख नेम्वाङले संसद्को हरेक बैठकमा सभासद्ले उठाउने
महत्वपूर्ण विषयको तत्काल सम्बोधन गरिनुपर्ने भएकाले
संसद्को हरेक बैठकमा सरकारका मन्त्रीहरु उपस्थित
हुनुपर्नेतर्फ पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
रासस

0 comments:
Post a Comment