भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
‘दंगाग्रस्त क्षेत्रबाट कुनै पनि हालतमा सेना 'ब्याक'
हुँदैन्’
काठमाडौ, १७ भदौ । उद्योगमन्त्री महेश बस्नेतले
मधेसमा जारी आन्दोलन नसच्याए जनताबाट
प्रतिरोध हुने बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको
साक्षात्कारमा उनले मधेस आन्दोलनलाई हिंस्रक
बनाएर हिंसाको सहारामा पार्टीको अस्तित्व
जोखाउने रणनीति भएको भन्दै यसको लागि मधेसी
दलहरुले राष्ट्रिय विरोधी र विखण्डकारीहरुहरु सँग
तालमेल गरिरहेको दावी गरे ।
मन्त्री बस्नेतले वीरगञ्जमा आन्दोलनकारीहरुले नै
आन्दोलनकारीको मञ्च भत्काएर नेताहरु लखेटेको
उदाहरण प्रस्तुत गर्दै आन्दोलन के र कस्को लागि भनि
प्रश्न गरे ।
उनले भने–आन्दोलनकारीहरुमा मतभेद भएको स्पष्ट
बाहिर आईसकेको छ । सीमांकन बाहेक उनीहरुसँग अरु
केही एजेण्डा छैन । बार्ताको लागि आब्हान गरे पनि
चासो देखाउँदैन । राजनीतिक एजेण्डा हल गर्ने हो भने
वार्ता अस्विकार गरेर गलत ढंगले हल भेटिदैन । यो
एजेण्डा विहीन आन्दोलन हो । जवरजस्ती एजेण्डाले
आन्दोलन हुँदैन ।
मन्त्री बस्नेतले गणतन्त्र ल्याउन भूमिका खेल्ने
गिरिजाप्रसाद कोइरालाको सालिक ढाल्नु र
पार्टी कार्यालयमा आगो लगाउनु कुनै पनि
हालतमा राजनीतिक आन्दोलन नहुने दावी गरे । उनले
सरकारले आन्दोलनको समिक्षा गरेर जनताको जीवन
स्तर सहज बनाउन काम गर्ने भन्दै दंगाग्रस्त क्षेत्रबाट कुनै
पनि हालतमा सेना ब्याक नहुने स्पष्ट पारे ।
मन्त्री बस्नेतले उद्योगी ब्यवसायीहरुको समस्या र
समाधानको विषयमा बसेर छलफल गर्ने तयारी
भईरहेको स्पष्ट पार्दै आफूहरुले संविधान निर्माण पछि
लगानी वर्ष मनाउने, विदेशी नीति ल्याउने गरि
बनाएको योजनामा बन्दले निराश बनाएको बताए ।

0 comments:
Post a Comment