भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, १७ भदौ । थरुहट/थारुवान आन्दोलन
कैलालीका संयोजक तथा सदभावना पार्टीका नेता
रेशम चौधरीले टीकापुर घटनालाई हिंसात्मकभन्दै
बालकसहित सुरक्षाकर्मीको ज्यान लिने कार्य
निन्दनीय रहेको बताउनुभएको छ ।
संयोजक चौधरीले विज्ञप्ति जारी गरेर भन्नुभएको छ,
‘यही भदौ ७ गते कैलालीको टीकापुर क्षेत्रमा घटेको
हिंसात्मक घटना र त्यसमा सुरक्षाकर्मी तथा एक
बालकको हत्या गर्ने कार्य निन्दनीय छ ।’
संयोजक चौधरीले नेतृत्व गरेको थारु आन्दोलन
हिंसात्मक भएपछि दुई वर्षीय बालकसहित नेपाल
प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८
सुरक्षाकर्मीको हत्या भएको थियो । हत्याको
अभियोगमा सुरक्षाकर्मीले संयोजक चौधरीलाई
खोजतलास जारी राखेको छ । चौधरी भने लुकेर
बस्नुभएको छ ।
उहाँले टीकापुर घटना घट्नुभन्दा एक दिन अगाडि
कैलालीको धनगढीमा थारु समुदाय र विभिन्न
राजनीतिक दलहरूको तर्फबाट आफ्ना भनाइ
शानितपूर्ण रुपमा राख्ने तथा सामाजिक सद्भाव
बनाइ रहने सहमति भएको स्मरण गर्नुभएको छ ।
‘त्यो सहमतिमा मेरो पूर्ण मञ्जुरी थियो र अहिले
पनि कैलाली जिल्लामा शान्ति कायम गर्नुपर्छ र
थारु समुदाय र अरु समुदायका बीचमा सौहार्दपूर्ण
एकता हुनुपर्छ भन्ने मेरो स्पष्ट विचार छ’, विज्ञप्तिमा
संयोजक चौधरीले भन्नुभएको छ, ‘थारु समुदायको
अधिकार र प्रतिष्ठाको लागि आवाज उठाउन उचित
र आवश्यक थए पनि आन्दोलनको नाममा हिंसा
मच्चाउने, साम्प्रदायिक दंगा फैलाउने र घुसपैठ गरी
थारु समुदायलाई बद्नाम गराउन कार्यको म विरोध
गर्दछु ।’
केही व्यक्तिहरूले सामाजिक सद्भाव विथोलिने गरी
उत्तेजना फैलाउने र हाम्रो राष्ट्रियतालाई कमजोर
पार्न गरिरहेको षड्यन्त्रबाट सजक रहन, हिंसात्मक
गतिविधिमा नलाग्न र संयमित हुन थारु समुदायका
समपूर्ण दिदीबहिनी र दाजुभाईहरूमा संयोजक
चौधरीले अपील गर्नुभएको छ ।
उहाँले आफ्नो चरित्र हत्या गर्ने किसिमका विभिन्न
सामाजिक सञ्जाल, मिडियामा आएका समाचार
भ्रामक र कपोकल्पीत रहेको भन्दै त्यसप्रति दुःख
व्यक्ति गर्नुभएको छ ।
चौधरीले भदौ ७ गते र त्यपछि भएका घटनाहरूको
छानविन गरी सत्यतथ्य पत्ता लगाउन, पीडितहरूलाई
उचित राहत दिन, थारुलगायत सबैमा सुरक्षाको
अनुभूति गराउन सरकारी निकायबाट तुरुन्त काम गर्न
माग गर्नुभएको छ ।
उहाँले वार्ताको माध्यमद्वारा समस्याको
समाधान गरी जनजीवन सामान्य बनाउन सम्बन्धित
निकायलाई ध्यान जानुपर्ने बताउनुभएको छ । ‘यस
कार्यमा मेरोतर्फबाट गर्नुपर्ने योगदानका लागि
तयार रहेको कुरा सार्वजनिक रुपमा जानकारी
गराउन चाहन्छु ।’
0 comments:
Post a Comment