Home » » आन्दोनलको मैदान छाडेर उपेन्द्र यादव किन राजधानी आए ?

आन्दोनलको मैदान छाडेर उपेन्द्र यादव किन राजधानी आए ?

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, १५ भदौ । संघीय समाजवादी फोरम
नेपालका अध्यक्ष उपेन्द्र यादव सोमबार अचानक
राजधानी आएपुगेका छन् । उनको राजधानी भ्रमणका
विषयमा आधिकारिक रुपमा केही बताइएको छैन ।
संघीय समाजवादी फोरमले सकेसम्म अध्यक्ष यादवको
राजधानी भ्रमणको समाचार लुकाउन खोजेको छ ।
यादवका कार्यक्रमहरूका विषयमा संघीय
समाजवादी पार्टीले आधिकारिक रुपमा केही
बताएको पनि छैन ।
विगत दुई सातादेखि तराईका जिल्लामा संयुक्ता
लोकतान्त्रिक मधेशी मोर्चासँग आन्दोलन गर्दै आएको
संघीय फोरमले आन्दोलनलाई कमजोर पार्न खोजेको
आरोप पनि लाग्ने गरेको छ । यद्यपि आरोपहरूको
संघीय फोरमले खण्डन गर्दै आएको छ ।
तराईमा चलेको आन्दोलनलाई छाडेर अध्यक्ष यादव
एकाएक राजधानी हानिएको विषयमा केन्द्रीय
नेताहरूसँग जानकारी लिन खोज्दा आफूहरूलाई कुनै
जानकारी नरहेको बताए ।
संघीय समाजवादी फोरमका एक पदाधिकारीले
अध्यक्ष यादव पार्टीको केही कामका लागि
राजधानी आउनुभएको बताए । ‘पार्टीको केही काम
गर्नुपर्ने भएकाले आउनुभएको हो’, ती पदाधिकारीले
भने, ‘अध्यक्ष ज्यू बुधबार तराई फर्कनु हुन्छ ।’
स्रोतका अनुसार अध्यक्ष यादव सरकारले वार्ताका
लागि दुई पटकसम्म पत्र पठाएपछि सोही विषयमा
सरकारी धारणा बुझ्न आफै काठमाडौं आउनुभएको हो

वार्ताका विषयमा मधेशी मोर्चाले अघि सारेका
चार बुँदे पूरा हुनुपर्ने बताउँदै आउनुभएका यादवले सरकार
दमनमा उत्रिएको आरोप पनि लगाउँदै आउनुभएको छ ।


भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved