भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, १५ भदौ । हिन्दु राष्ट्र स्थापनाको
अभियानमा आन्दोलन गर्दै आएको राष्ट्रिय
प्रजातन्त्र पार्टी नेपालले आज राजधानीमा
विरोध प्रदर्शन गर्दैछ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाको नेतृत्वमा
संविधानमा सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र कायम
गराउने उदेश्यले जनदबाब दिन विरोध प्रदर्शनको
कार्यक्रम राखिएको जारी नेता राजाराम श्रेष्ठले
जानकारी दिनुभयो ।
उहाँले संविधानसभा घेराउ तथा धर्ना कार्यक्रम
राखिएको बताउनुभयो । उहाँले कार्यक्रममा उल्लेख्य
नेता तथा कार्यकर्ताको सहभागिता रहेन
बताउनुभयो ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट
र्याली एक बजे सुरु हुनेछ । र्याली संविधानसभा भवन
नयाँ बानेश्वर पुगेर धर्नामा परिणत हुने श्रेष्ठले
बताउनुभयो ।

0 comments:
Post a Comment