Home » » गृहमन्त्रीको ताल देखेरे प्रहरी अधिकारीहरु आश्चर्यमा

गृहमन्त्रीको ताल देखेरे प्रहरी अधिकारीहरु आश्चर्यमा

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


काठमाडौं, २२ भदौ ।
उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम देशको
शान्ति सुरक्षाको अवस्थाबारे कतिसम्म
नतमस्तक छन् भन्ने कुरा आइतबार संसदमा देखियो
। संसदमा उनले एउटा यस्तो झूट बोले जसले
सुरक्षाकर्मीहरु आश्चर्यमा परेका छन् ।
संसदमा गृहमन्त्री गौतमले संघीयतामा
सीमांकनप्रति विरोध जनाउँदै देशका विभिन्न
भागमा भएका हिंसात्मक घटनामा १०
सुरक्षाकर्मीसहित २९ जनाको मृत्यू भएको
बताएका थिए । तर, आन्दोलनमा ९ जना मात्र
सुरक्षाकर्मीको मृत्यू भएको छ ।
गृहमन्त्रीले १० जनाको मृत्यू भएको भन्दै संख्या
बढाए । नेपाल प्रहरीतर्फ ७ जना तथा सशस्त्र
प्रहरीतर्फ २ जनाको मृत्यू भएको छ । तर
गृहमन्त्रीले १० जनाको मृत्यू भएको भन्दै गलत
विवरण बुझाएपछि प्रहरी अधिकारीहरु नै
गृहमन्त्रीको ताल देखेरे आश्चर्यमा परेका छन् ।
‘गृहमन्त्रीलाई यति सामान्य कुरा पनि याद
नहुनु उदेकलाग्दो कुरा हो,’ एक प्रहरी
अधिकारीले भने ।
हुन त गृहमन्त्री गौतमले मन्त्रालयले दिएको
विरणका आधारमा उक्त लिखित रिपोर्ट
संसदमा बोलेर सुनाएका थिए । तर त्यस्तो
गम्भीर विषयमा पनि गलत रिपोर्ट दिनेहरुलाई
गृहमन्त्री गोतमले छानबिन गरेर कारबाही गर्नु
जरुरी छ । दृष्टि साप्ताहिकमा खबर छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved