भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
नेपाल आयल निगमले पेट्रोल,डिजेल, मट्टीतेल र एलपी
ग्यासको मूल्य घटाएको छ। आयल निगमका प्रवक्ता
दीपक बोहोराका अनुसार पेट्रोलमा २ रूपैयाँ५०
पैसा, डिजलमा २ रूपैयाँ, मटीतेलमा २रूपैयाँ र खाना
पकाउने एलपी ग्यासमा ३५ रूपैयाँ मूल्य घटाएको हो।
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य
घटाएको छ। आज साँझ बसेको निगमको बैंठकले मूल्य
घटाएसँगै पेट्रोल अब प्रतिलिटर १ सय ४ रुपैयाँ पाइन्छ
भने डिजेल, मट्टितेल ८२ रुपैयाँमा बजारमा पाइन्छ।
गत साउन १७ गते पनि निगमले पेट्रोल, डिजेल र
मट्टितेलको मूल्य घटाएको थियो। खाना पकाउने
एलपी ग्यासमा पनि प्रतिसिलिण्डर ३५ रुपैयाँ घटेर १
हजार ४ सय रूपैयाँ कायम गरिएको छ। निगमले गत
असोज १३ गतेबाट स्वचालित प्रणाली अनुसार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटबढ गर्दै आएको छ।
नयाँ मूल्य मंगलबार राति १२ बजेबाट लागू हुने छ।
0 comments:
Post a Comment