भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
'मधेस आन्दोलनमा भारतको सहयोग छ'
काठमाडौं, १३ असोज । नेपालमा संविधान जारी
भएसँगै असहज परिस्थिती उत्पन्न भएको छ । संविधान
भारतलाई चित्त बुझेको छैन् । सीमांकन मधेसी
दलहरुलाई ।
फलस्वरुप भारतले नेपालमाथि अघोषित नाकाबन्दी
गरिरहेको छ भने, मधेसवादी दलहरु नाकामा बसेर
अवरोध गरिरहेका छन् । यहाँनेर मधेसी दलहरु र भारतको
केही न केही तालमेल रहेको देखिन्छ । असन्तुष्टिसहित
संविधान संशोधन गर्न भारतले सार्वजनिक गरेको
सुझाव र मधेसी दलहरुले राखेका मागहरुमा भिन्नता
पनि केही देखिएको छैन् । विगत ५० दिनदेखि मधेसमा
आन्दोलन भइरहेको छ । जून आन्दोलनमा भारतको
प्रत्यक्ष र अप्रत्यक्ष सहयोग रहेको पनि प्रष्ट छ ।
जस्तो की मधेसी नेताहरुलाई खाना खुवाउनु, सीमा
अवरोध गर्न लगाउनु, भारतीय सुरक्षाकर्मीले मधेसी
कार्यकर्तालाई संरक्षण दिएर आन्दोलनमा सहयोग
गरेको सार्वजनिक भएकै कुरा हुन् । तर, यहाँनेर प्रश्न उठ्छ
भारतले मधेसवादी दलहरुलाई किन सहयोग गरिरहेको
छ ? सिंगो देशलाई सहयोग गर्नुको सट्टा मात्रै
मधेसवादी दललाई सहयोग गर्नुको गम्भीर कारण रहेको
मधेसी नेताहरु बताउँछन् । त्यो हो नेपालको तराई
क्षेत्रलाई ‘भारतमा गाभ्नु’ ।
एक मधेसी नेताका अनुसार झापादेखि कञ्चनपुरसम्मको
भूभागलाई अलग्गै प्रदेश बनाएर विस्तारै भारतमा
मिसाउने योजना अनुरुप मधेसमा भ्रम सिर्जना गरेर
आन्दोलन चर्काइएको हो । जसमा भारतको प्रत्यक्ष
सहयोग रहेको ती नेताको दाबी छ । ‘नेपालको
झापादेखि कञ्चनपुरसम्मको तराई क्षेत्रमा भारतले
आँखा लगाएको छ । त्यसलाई प्राप्त गर्न मधेसवादी
दलहरुलाई परिचालन गरेर भारतले मधेसमा आन्दोलनको
विउँ रोप्यो’ मधेसी नेता तथा सभासद् दिप
नारायण शाहले भन्नुभयो- ‘मधेसका सबै माग नयाँ
संविधानमा उल्लेख गरिएका छन्, यो विशुद्ध
भारतपरस्त आन्दोलन हो । मधेसलाई भारतमा गाभ्ने
षडयन्त्र हो ।’
महोत्तरी क्षेत्र नम्बर पाँचबाट निर्वाचित मधेसी
नेता शाहले मधेसमा भइरहेको आन्दोलन मधेसी जनताहरु
र नेपालको हितमा नभएको बताउनुभयो ।
बुधबार मधेसी जनतासँग सवाल जवाफ गर्दै नेता शाहले
नेपालको झापादेखि कञ्चनपुरसम्मको तराई क्षेत्र
आफ्नो देशमा गाभ्ने भारतको ‘डिजाइन’मै एक मधेस एक
प्रदेशको माग उठेको खुलासा गर्नुभयो । शाहलाई
मधेसी जनताहरुले आज विहान सवाल जवाफ
कार्यक्रममा मधेस आन्दोलन र मधेसी जनताले पाएका
अधिकारबारे सोधेका थिए ।

0 comments:
Post a Comment