Home » » खेलकुदमन्त्री पौडेलद्धारा पदबाट राजीनामा

खेलकुदमन्त्री पौडेलद्धारा पदबाट राजीनामा

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


काठमाडौं, १४ असोज । खेलकुदमन्त्री पुरुषोत्तम
पौडेलले पदबाट राजीनामा दिएका छन् ।
मन्त्री पौडेलले राजीनामा पत्र बालुवाटार पुगेर आजै
प्रधानमन्त्री सुशील कोइरालालाई बुझाएका छन् ।
मन्त्री पौडेलले प्रधानमन्त्रीले राजीनामा मागेकाले
उहाँलाई सहयोग गर्न राजीनामा दिएको दैनिक
नेपाललाई बताए । आफूले ऐन नियम र कार्यविधि
नाघेर कुनै काम नगरेको बताउँदै पौडेलले प्रधानमन्त्रीले
राजीनामा मागेकै कारण पदबाट राजीनामा
दिएको प्रष्ट पारे ।
राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव नियुक्तिमा
अनुचित कार्य गरेको भन्दै अख्तियार दुरुपयोग
अनुसन्धान आयोगले प्रधानमन्त्री कोइरालालाई
पदबाट हटाउन सिफारिस गरेको थियो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved