भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
२१ भदौ, काठमाडौं । दुई पाङ्ग्रे मोटरसाइकलमा कुद्नु
नेपाली समाजमा सम्पन्नता वा शानको प्रतिक छैन् ।
आफ्नै मोटर चढ्न नसक्नेहरु मात्र बाइक चढ्छन भन्ने आम
विश्वास छ ।
तर, बजारमा यस्ता पनि बाइक छन् जो कारभन्दा
पनि महंगा छन् । र, अनौठो के छ भने यी बाइकहरु
वाषिर्क सयौंको संख्यामा नेपालमा बिक्री हुन्छन्
। नेपालमा महंगा प्रिमियम बाइक कुदाउने समुदाय
बढिरहेको छ ।
प्रिमियम बाइकका पारखी बढेसँगै विश्वका प्रख्यात
ब्रान्डको ध्यान नेपालतर्फ तानिन थालेको छ ।
अहिले नेपाली बजारमा ४५ लाख रुपैयाँसम्मका
बाइकहरु पाइन्छन् । ग्राहकले चाहेको खण्डमा ६८
लाखसम्मको बाइक उपलब्ध गराउन सकिने डुकाटीको
नेपाली बिक्रेता टर्बो मोटर्स बताउँछ ।
गएको हप्ता इटालियन ब्रान्डको हेभी स्पोर्ट बाइक
अप्रिलिया डोर्सोड्युरो नेपाली बजारमा
भित्रियो । चौविस लाख रुपैयाँ पर्ने उक्त बाइक
सार्वजनिक नगर्दै दुईवटा बुकिङ भयो । यही वर्ष यो
बाइक १० वटा बिक्री गर्ने लक्ष्य लिइएको छ ।
विश्वकै सर्वाधिक चर्चित प्रिमियम बाइक डुकाटी
नेपाली सडकमा ८५ वटा हुँइकिन्छन् । नेपालमा
डुकाटीको मूल्य १८ लाखदेखि ४५ लाख रुपैयाँसम्म
रहेको छ । ग्राहकले माग गरेको खण्डमा ६८
लाखसम्मको डुकाटी बाइक उपलब्ध गराउन सक्ने
कम्पनीले बतायो ।
जापानीज ब्रान्ड सुजुकीको बाइकिङ र हायभुसा
नेपाली सडकमा पाँचवटा हुँइकिन्छन् । अर्को
जापानीज ब्रान्ड होण्डाले पनि नेपालमा महंगा
बाइक बिक्री गर्दै आएको छ । सीबीआर ६०० आरआर र
सीबी ११०० होण्डाका महंगो बाइक हुन् ।
यतिमात्र होइन, अहिले नेपाली बजारमा आधा दर्जन
बढी ब्रान्डका महंगा बाइकहरु पाइन थालेका छन् । जुन
बाइक खरिद गर्ने रकमबाट लक्जरी कार खरिद गर्न
सकिन्छ ।
डुकाटी बाइकको मूल्य ४५ लाख रुपैयाँ रहेको छ । यो
मूल्यमा प्रिमियम ब्रान्ड मानिने टोयोटाका
उत्कृष्ट मोडलहरु नै खरिद गर्न सकिन्छ । नेपालमा
सबैभन्दा सस्तो कार मारुती अल्टोको मूल्य १४
लाखको हाराहारीमा रहेको छ । यो मूल्यभन्दा
माथि दुई दर्जनको हाराहारीमा स्पोर्ट बाइकहरु
उपलब्ध छन् ।
नेपालमा ४५ लाख रुपैयाँसम्म विभिन्न ब्रान्डका दुई
दर्जनभन्दा बढी कारहरु पाइन्छन । अमेरिकन ब्रान्ड
फोर्डको एसयुभी गाडी इकोस्पोर्टका सम्पूर्ण
भेरीयन्ट ४५ लाख रुपैयाँसम्म खरिद गर्न सकिन्छ ।
अटोमोबाइल व्यवसायीका अनुसार नेपालमा
सवारी साधनमा विश्वकै सबैभन्दा बढी कर असुलिन्छ
। यही कारण नेपालमा सवारी साधन विश्वकै महंगो
पर्ने उनीहरुको भनाई छ ।
यति हुँदा हुँदै पनि प्रिमियम बाइक चढ्नेहरु बढिरहेको
देखिन्छ । नेपाली सडकमा अपि्रलिया, होण्डा,
डुकाटी, सुजुकी, हार्लिडेभिड्सन, निञ्जा
कावासाकी, एमभी अगष्टा, बेनिली, बिएमडब्लु
लगायत बाइकहरु कुद्छन् ।
विश्वकै चर्चित पि्रमिय बाइक हार्लिडेभिड्सन
पूर्वयुवराज पारस शाहले चलाउँदै आएका छन् ।
जर्मनीको चर्चित ब्रान्ड बिएमडब्लु बाइक पनि
भर्खरैमात्र नेपालमा भित्रिएको छ । पर्यटन
व्यवसायीको टोलीले पर्यटकलाई बाइक टुर
गराउनका लागि बिएमडब्ली बाइक ल्याएका हुन् ।
सुजुकी
जापानिज ब्रान्ड सुजुकीका तीनवटा प्रिमियम
मोडल नेपाली बजारमा उपलब्ध छन् । जसमध्ये दुईवटा
मोडल बाइक र एउटा मोडल स्कुटर हो । सुजुकीका
पाँचवटा महंगा बाइक बिक्री भएका छन् ।
सुजुकीको बाइकिङ मोडल १३०० सीसीको
शक्तिशाली बाइक हो । बाइकिङको मूल्य नेपाली
बजारमा ३० लाख रुपैयाँ पर्छ । यसमा १८ लिटरको
ट्यांकी रहेको छ ।
सुजुकीको नेपाली बिक्रेता दी गणेश इन्टरप्राइजेजका
अनुसार यसले १० देखि १५ किलोमिटर माइलेज दिन्छ ।
यो बाइक २ वटा बिक्री भएको कम्पनीले
अनलाइनखबरसँग बतायो ।
सुजुकीको दोस्रो मोडल हायभुसा पनि १३००
सीसीकै प्रिमियम बाइक हो । यसको मूल्य २२ लाख
रुपैयाँ रहेको छ । अब यो बाइक नेपालमा आउँदा २५
देखि ३० लाखको बीचमा पुग्ने कम्पनीले बताएको छ ।
हृायभुसामा १७ लिटरको ट्यांकी रहेको छ । यसले
पनि १० देखि १५ लिटर माइलेज दिने कम्पनीको
दाबी छ । यो बाइक तीन थान बिक्री भइसकेको छ ।
सुजुकीको एउटा प्रिमियम स्कुटर नेपालमा उपलब्ध छ ।
४०० सीसीको यो स्कुटरको नेपालमा १६ लाख ५०
हजार रुपैयाँ पर्छ । यसमा १३ लिटरको इन्टन ट्यांकी
रहेको छ । यसले प्रतिलिटर १० देखि १५
किलोमिटरसम्म माइलेज दिने बताइएको छ ।
डुकाटी
नेपालमा उपलब्ध प्रिमियम बाइकमध्ये इटालियन
डुकाटी सबैभन्दा चर्चित छ । टर्बो मोटर्सका आफ्टर
सेल्स म्यानेजर सवल अर्यालका अनुसार ८५ वटा
डुकाटी बाइक बिक्री भइसकेका छन् ।
अहिले नेपालमा डुकाटीका ७ वटा मोडलका डेढ दर्जन
भेरियन्ट उपलब्ध छन् । जसको मूल्य १८ लाख ५० हजार
रुपैयाँदेखि ४५ लाख रुपैयाँसम्म रहेको छ । ग्राहकले
माग गरे ५४ लाख ६८ लाखको पनि डुकाटी बाइक
उपलब्ध गराउन सक्ने अर्याल बताउँछन् ।
डुकाटीको मल्टीस्ट्राडा मोडल ४ वटा भेरियन्टमा
उपलब्ध छ । जसको मूल्य ३७ लाख रुपैयाँदेखि ४५ लाख
रुपैयाँसम्म रहेको छ । यो १२०० सीसीको प्रिमियम
बाइक हो ।
यससैगरी हाइपरमोटार्ड तीनवटा मोडलमा रहेको छ ।
हाइपरमोटार्डको मूल्य २७ लाख रुपैयाँ रहेको छ भने
हाइपरमोटार्ड एसपीको मूल्य ३४ लाख ५० हजार र
हाइपरस्ट्राडाको मूल्य २९ लाख रुपैयाँ रहेको छ । यो
मोडल ८२१ सीसीको हो ।
डुकाटीको अर्को मोडल स्ट्रेटफाइटरको मूल्य २९ लाख
५० हजार रुपैयाँ रहेको छ । यो बाइक ८४८ सीसीको
बाइक हो ।
मुनस्टार ८२१ सीसी र १२०० सीसी गरी ५ वटा
मोडलमा उपलब्ध रहेको अर्यालले बताए । मुनस्टार ८२१
को मूल्य २४ लाख रहेको छ भने मुनस्टार ८२१
स्ट्राइपको मूल्य २६ लाख रुपैयाँ रहेको छ ।
मुनस्टार १२०० सीसीको ३० लाख ५० हजार, मुनस्टार
१२०० एसको ३४ लाख र मुनस्टार १२०० एस स्ट्राइपको
मूल्य ३६ लाख रुपैयाँ रहेको छ ।
डुकाटीको सबैभन्दा सस्तो मोडल स्क्राम्बलर हो ।
चारवटा मोडलमा उपलब्ध यो बाइक १८ लाख ५०
हजारदेखि २१ लाख ५० हजारसम्म खरिद गर्न पाइन्छ ।
यो मोडल ८०० सीसीको हो ।
पानीगलका ४ वटा भेरियन्ट रहेपनि अहिले नेपालमा
३ वटामात्र मोडल उपलब्ध रहेको अर्यालले बताए । यो
डुकाटीको सबैभन्दा महंगो मोडल हो । यो मोडलको
मूल्य ४२ लाख ५० हजारदेखि ६८ लाख रुपैयाँसम्म पर्छ ।
१२९९ सीसी पानीगलको मूल्य ४२ लाख ५० हजार
रहेको छ भने १२९९ सीसी पानीगल एसको मूल्य ५४
हजार, पानीगल आरको मूल्य ६८ लाख, ८९९ सीसी
पानीगलको मूल्य ३२ लाख रुपैयाँ रहेको छ ।
५४ लाख र ६८ लाख मूल्यको पानीगल नेपालमा
उपलब्ध छैन् । ग्राहकले माग गरेको खण्डमा उपलब्ध
गराउन सक्ने अर्यालले बताए ।
डायभल दुईवटा मोडलमा उपलब्ध छ । डायभलको मूल्य
३७ लाख रुपैयाँ रहेका छ भने डायभल कार्बन रेडको मूल्य
४२ लाख रुपैयाँ र डायभल कार्बन हृवाइटको मूल्य ४२
लाख ५० हजार रुपैयाँ रहेको छ ।
अप्रिलिया
इटालियन ब्रान्ड अप्रिलियाले भदौ १० गते
प्रिमियम बाइक डोर्सोड्युरो नेपाली बजारमा
भित्रिएको छ । अप्रिलिया डोर्सोड्युरो ७५०
सीसीको हेभी बाइक हो । यसको मूल्य नेपालमा २४
लाख रुपैयाँ तोकिएको छ ।
औपचारिक रुपमा बाइक सार्वजनिक नहुँदै २ वटा
बुकिङ आइसकेको अप्रिलियाको नेपाली बिक्रेता
जेएनजे इन्टरनेशनलले बतायो । यस वर्ष १० वटा बाइक
बिक्री गर्ने लक्ष्य रहेको कम्पनीले राखेको छ ।
झट्ट हेर्दा डट बाइकजस्तो देखिए पनि यो स्पोर्टस्
बाइक हो । कम्पनीका अनुसार यसले नेपाली सडकमा
प्रतिलिटर १५ किलोमिटर माइलेज दिनेछ । यसमा १२
लिटरको ट्यांकी रहेको छ ।
यसको सबैभन्दा उत्कृष्ट फिचरका रुपमा पावर मोड
रहेको छ । स्पोर्ट, टुरिन र रेन गरी यसमा तीनवटा
मोड रहेका छन् । बढी पावरमा चलाउँदा स्पोर्ट
मोडमा लैजान सकिन्छ ।
कम पावरमा तेल बचाएर चलाउने हो भने टुरिन मोडमा
लैजान सकिन्छ । पानी आएको बेला चिप्लो सडकमा
चलाउनु परेमा रेन मोडमा लैजान सकिने कम्पनीले
जनाएको छ ।
यसको टप स्पिड २४० किलोमिटर प्रतिघण्टा रहेको छ
। पछाडिको सिटमुनी दुईवटा साइलेन्स पाइप
राखिएको छ । जसले बाइकलाई थप अकर्षक देखाउन
मद्दत गरेको छ ।
कम्पनीले प्रिमियम बाइकका पारखीलाई लक्षित
गर्दै एप्रिलिया डोर्सोड्युरो १२०० सीसीमा समेत
भित्राउन लागेको छ । यसको मूल्य नेपाली बजारमा
४० लाखको हाराहारीमा पर्ने अनुमान गरिएको छ ।
एमभी अगष्टा
नेपालमा पाइने अर्को प्रिमियम बाइक एमभी अगष्टा
हो । इटालियन ब्रान्डको एमभी अगष्टाको
नेपालमा विभिन्न ५ मोडलमा उपलब्ध छ । नेपाल
भित्रिएको १० महिनाका अवधिमा करिव १० थान
एमभी अगष्टा बिक्री भइसकेको गियर भेञ्चर बाइक
नेपालले जनाएको छ ।
एमभी अगष्टा एफ ३ मोडल ६७५ सीसी र ८०० सीसी
इञ्जिन क्षमतामा उपलब्ध छ । ६७५ सीसीको एफ ३
को मूल्य २९ लाख ७५ हजार रुपैयाँ रहेको छ भने ८००
सीसीको एफ ३ को मूल्य ३२ लाख रुपैयाँ रहेको छ ।
अहिलेसम्म यो बाइक क्रमशः २ र १ थान बिक्री
भइसकेको कम्पनीले जनाएको छ । यसमा १६.५ लिटर
क्षमताको इन्धन ट्यांकी रहेको छ ।
एमभी अगष्टाको अर्को मोडल हो ब्रुटाले । ६७५
सीसीको यो बाइकको मूल्य २५ लाख ४५ हजार
रुपैयाँ रहेको छ । यो बाइक २ थान बिक्री भइसकेको
छ ।
यस्तै ब्रुटाले ड्रयागस्टारको मूल्य ३० लाख रुपैयाँ
रहेको छ । यो बाइक ८०० सीसी इञ्जिन क्षमतामा
उपलब्ध छ । कम्पनीका अनुसार यो मोडल पनि
नेपालमा २ वटा बिक्री भइसकेको छ ।
एमभी अगष्टा रिभाले पनि ८०० सीसीको बाइक हो
। यसको मूल्य ३२ लाख ५० हजार रुपैयाँ रहेको छ ।
एमभी अगष्टाको नेपालमा उपलब्ध सबैभन्दा महंगो
मोडल एफ ४ हो । यो १००० सीसी इञ्जिन क्षमतामा
उपलब्ध छ । यसको मूल्य ४२ लाख रुपैयाँ रहेको छ ।
महंगो भएपनि यो बाइक एउटा बिक्री भइसकेको
कम्पनीले जनाएको छ ।
होण्डा
चर्चित जापानीज ब्रान्ड होन्डाका २ वटा
प्रिमियम बाइक नेपाली बजारमा उपलब्ध छन् ।
होन्डा सीबीआर ६०० आरआरको मूल्य २२ लाख रुपैयाँ
रहेको छ भने सीबी ११०० मोडलको मूल्य २५ लाख
रुपैयाँ रहेको छ ।
बेनिली
इटालियन ब्रान्डको प्रिमियम बाइक बेनिली
नाडा अटो शोमा सार्वजनिक गर्दै नेपाल भित्राउने
तयारी भइरहेको छ । अटो शोमा सार्वजनिक हुन
लागेको बेनिली टिएनटी ३०० सस्तो मोडल हो ।
कम्पनीले छिट्टै महंगो बाइक पनि सार्वजनिक गर्ने
जनाएको छ ।
बेनिलीका दुईवटा महंगा बाइक नेपालमा उपलब्ध हुनेछन्
। बेनिली ६०० आई र बेनिली ६०० जीटी नेपालमा
सार्वजनिक गर्न लागिएको हो ।
नेपालमा बेनिली ६०० आईको मूलय १५ लाख ५० हजार
रुपैयाँ र बेनिली ६०० जीटीको मूल्य १६ लाख ५०
हजार रुपैयाँ पर्ने बताइएको छ । अहिले बेनिलीको
काठमाडौंमा शो-रुम बनाउने काम भइरहेको छ ।
बिएमडब्लु
जर्मनी ब्रान्ड बिएमडब्लु बाइक हालैमात्र नेपाली
बजारमा भित्रिएको हो । अभिनव सिंह राणा र
सुमन पाण्डेसहितको टोलीले बिएमडब्लुका २ वटा
स्पोर्टी मोडल भित्राएका हुन् ।
नेपालमा साहसिक बाइकिङ सञ्चालनका लागि यो
बाइक भित्राएको पर्यटन व्यवसायी सुमन पाण्डेले
बताए । बिएमडब्लु नेपाल भित्रिँदा १८ लाख रुपैयाँ
परेको थियो । अब नयाँ आउँदा २२ लाखको
हारहारीमा पर्न सक्ने पाण्डेले बताए ।
सुरुमा २ वटामात्र बिएमडब्लु बाइक भित्राइएकोमा
विस्तारै थप बाइक भित्राएर व्यवसायीक बाइकिङ
सुरु गर्ने योजना रहेको छ ।
हार्ली डेभिडसन
हार्ली डेभिडसन बाइक नेपालमा किनबेच नभएपनि
पूर्वयुवराज पारस शाहले चलाउँदै आएका छन् । यो
बाइकको मूल्य नेपालमा ५० लाख रुपैयाँभन्दा बढी
पर्छ । अहिलेसम्म यो बाइक चलाउने व्यक्ति पारस
शाहमात्र हुन् ।

0 comments:
Post a Comment