भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं । यसपालीको गाइजात्रा महोत्सवमा
कमलनयनाचार्यको नक्कल उतार्ने धुनमा थिए
हास्यकलाकार मनोज गजुरेल । तर, सो धुनलाई बीचैमा
स्थगित गर्दै उनी हिँडे मन्त्री लालबाबु पण्डितको
दाँत खोज्न ।
अन्तिम समयमा कमलनयनाचार्यलाई ‘धोका’ दिनुको
कारण उनी यसरी खुलाउँछन्ः
हो मैले कमलनयनाचार्यको क्यारिकेचर गर्छु भनेर मुड
बनाइसकेको थिएँ । स्क्रिप्ट पनि दिमागमा हल्का
खेलाइरहेको थियो । तर यसो सामाजिक सञ्जाल
चहार्दा मैले उनको खासै चर्चा-परिचर्चा भेटिनँ ।
समाचारहरुमा राम्रै कभरेज पाइरहेका भए पनि
पब्लिकले खासै चासो नदिएका देखेपछि मैले मुड
बदलेको हुँ ।’
सामाजिक सञ्जालबाटै उनले उपयुक्त पात्र फेला पारे,
लालबाबु पण्डित । पछिल्ला दिनहरुमा असामान्य
चर्चा पाइरहेका सामान्य प्रशासनमन्त्रीको अवतार
भिर्ने निर्णय लिन उनले धेरै सोचेनन् । पूर्वराजा
ज्ञानेन्द्रदेखि माओवादी अध्यक्ष प्रचण्डसम्मको दुरुस्त
नक्कल गरेर सफलता कमाएका गजुरेलले फेरि पनि सफल
भएका छन् ।
लालबाबुलाई गाइजात्रामा ढाल्दाखेरीको अनुभव
उनले यसरी सुनाएः
नेपालको राजनीतिमा सकारात्मक पात्रहरुको
खडेरी नै छ । आजसम्म जे-जति नेताहरुको नक्कल गरेँ,
प्राय सबैलाई नकारात्मक ढंगले नै चित्रण गरेको थिएँ ।
नकारात्मक छवी नै उनीहरुको ठूलो योग्यता थियो
। यस अर्थमा लालबाबुको नक्कल मेरो लागि फरक
प्रयोग हुन गएको छ । गाइजात्रामा नकारात्मक
मात्रै होइन, सकारात्मक विषयले पनि स्पेस पाउँछ
भन्ने दृष्टान्त होइन त यो ?
१० दिन भिडियो हेरेँ
लालबाबु रोजेपछि शुरुका मैले युट्यूवमा भेटेसम्म उनका
अन्तरवार्ता र भाषणका भिडियो खोजी-खोजी
हेरेँ । ती भिडियोहरुलाई मोबाइलमा डाउनलोड गरेर
सुन्दै आवाज नक्कल गर्ने अभ्यास थालेँ । दस दिनजतिमा
पारा आइहाल्यो ।
मैले यसअघि कहिल्यै उहाँको आवाजको नक्कल गरेको
थिईँन । तर, उहाँको आवाज र बोल्ने शैली फरक
किसिमको भएकाले नक्कल गर्न गाह्रो भएन । उहाँको
नेपाली एकदम सुद्द छ, मधेसी टोन आउँदैन । अन्तरवार्ता
दिँदा पनि उहाँ भाषण गरेजस्तै ठूलो स्वरमा
बोल्नुहुँदो रहेछ ।
मैले उहाँसँग नजिक पार्टीका नेता तथा पत्रकार
साथीहरुसित लामो अन्तरक्रिया गरेँ । उहाँको
चरित्र र हाउभाउको लगभग एउटा खाका मस्तिस्कमा
तयार भयो । त्यसैका आधारमा स्क्रिप्ट डिजाइन गरेँ
। त्यसपछि बाँकी रह्यो हुलियाको नक्कल ।
२५ सयको दाँत
इन्टरनेटमा लालबाबुका भनेजस्ता तस्बिर भेटिएनन् ।
त्यसैले पत्रकार साथीहरुले खिचेका फोटो सहयोग
मागेँ । फोटोमा मैले उहाँको मुखलाई ध्यान दिएर हेरेँ
। मुखभित्रको दाँत अलिक मौलिक खाले लाग्यो ।
त्यसैले दौडिएँ दाँत खोज्न ।
लालबाबुको दाँत देखिने फोटो बोकेर मैले २० वटा
डेन्टल क्लिनिक धाएँ । अहो, डेन्टल क्लिनीकहरुले त ठहरै
पार्दा रहेछन् । जाबो दाँतको उनीहरुले १२ देखि १५
हजारसम्म भने । तर, दाँत बनाउने पुराना पसल चहार्दा
जम्मा २५ सयमा दाँत तयार भयो । ड्रेसअपमा चाहिँ
धेरै दुख गरिनँ । पहिले प्रचण्डको क्यारिकेचर उतार्दा
लगाएको सुट नै लालबाबुमा प्रयोग गरेको छु ।
क्यारिकेचरमा ६० क्रस गर्यो भने राम्रो मानिन्छ ।
दर्शक र समिक्षकको टिप्पणि सुन्दा मैले गेटअप ८०
प्रतिशत मिलाएको छु भने आवाज ८५ प्रतिशत
मिलाएको छु । क्यारिकेचर गर्दा उहाँमाथि घोचपेच
गर्ने र उडाउने नियत राखिएन । उहाँको नभएकाले
स्त्रिmप्ट चाहिँ संभवतः अलि कमजोर बन्यो ।
तर्क होइन काम गर्ने नेता
म व्यक्तिगतरुपमा पनि लालबाबुबाट प्रभावित छु ।
उहाँसित पहिल्यैदेखि चिनजान भए पनि धेरै संगत
गरेको चाहिँ होइन । मन्त्री भएपछि उहाँको
कार्यशैलीले अरुलाई जस्तै मलाई पनि खुशी बनाएको
छ । लालबाबुभन्दा टाठाबाठा, बौद्धिक र
तार्किक नेता अरु धेरै होलान् । तर, उनीहरुले देशलाई के
दिएका छन् त ? नेपाललाई अहिले तर्क गर्ने होइन,
काम गर्ने नेता चाहिएको छ । भोली विगि्रए भने म
ठेक्का लिन सक्दिन, तर आजसम्म उनले जे गरेका छन् ठिक
गरेका छन् ।
आज बिहान उहाँले फोन गर्नुभएको थियो । उहाँले
भन्नुभयो कि तपाईंले त गाइजात्रामा कमाल
गर्नुभएको छ रे । मैले जवाफ दिएँ, ‘तपाईंले पनि त देशमा
कमाल गर्नुभएको छ ।’ उहाँले ‘हो र ?’ भन्नुभयो ।
‘तपाईंहरुले खबरदारी गरिरहनु पर्छ’ पनि भन्नुभयो ।
गाइजात्रा हेर्न आउने इच्छा व्यक्त गर्नुभएको छ । म
उहाँलाई स्वागत गर्न आतुर छु ।
नक्कली लालबाबुले बोल्ने दुई डाइलग
– मेरो विरोध डिभी-पिआर लिएका सर्वसाधारण
नेपालीप्रति होइन, नेपाल आमाको दुध आउञ्जेल
लाम्टो रित्याउने र आउन छाडेपछि विदेशी
मितबाउको घुँडो चुस्ने लास्टसेवकहरुप्रति मात्रै हो ।
– पिआरसित पोइला जाने कर्मचारीका लागि म
कालबाबु हुँ । डिभीसँग डेटिङ गर्ने हाकिमका लागि
अकालबाबु हुँ । कानूनसँग हनिमून मनाउने खोज्नेहरुका
लागि त्रिकालबाबु हुँ । राज्यलाई ठग्न खोज्नेहरुका
लागि महाकालबाबु हुँ । नेपाली जनताका लागि
लालबाबु हुँ ।

0 comments:
Post a Comment