भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
दुबइमा आयोजना भएको ‘तीज विशेष’ कार्यक्रममा
सहभागी हुन पुगेकी नायिका रेखा थापाले रातो
लेहेङ्गा लगाइन् । नेपालमा आयोजना भएका
कार्यक्रममा रेखाले यस्तो पहिरन लगाएकी थिइनन् ।
रातो सारी लगाएपछि रेखालाई कतै बिहे गर्न त मन
लाग्न थालेको होइन ? रेखाले भनिन्-‘बल्ल त रातो
सारी सुहाउन थालेको छ ।’ उनलाई ज्योतीषले वि.सं
२०७३ पछि मात्र लगन छ भनेका छन् । सायद,
ज्योतीषका कुराले पनि रेखाको मनमा तरंग
ल्याइदिएको हुनसक्छ । रेखालाई बिहे गर्न मन
लागेको त छ, तर केटा नभेटेको गुनासो उनले गरिन् ।
रेखाले भनिन्-‘सबैले बिहे गर त भन्छन्, तर बेहुला खै त ?’
उनलाई चाहिएको बेहुला कस्तो हो त-‘तीजको
दिनमा ब्रत बस्ने अनी मात्र भन्छु ।’ बिहे र प्रेमको
बिषयमा कलाकारहरु सधै नै चर्चामा र मिडियाको
घेरामा रहन्छन् । कुनै समय नायक राजेश हमाल बिहेको
प्रश्नमा घेरिएका थिए । रेखाले केही समय अगाडि
अनलाइनखबरसँग कुरा गर्दै २ बर्ष भित्र बिहे भए गर्ने नत्र
नगर्ने बताएकी थिइन् । तीज कार्यक्रममा नेपालीहरुले
देखाएको मायाले आफू अत्यन्त उत्साहित भएको
उनको भनाई छ ।

0 comments:
Post a Comment