Home » » चित्त बुझ्दैन भने पार्टी छाडेर जानुस् : प्रचण्ड

चित्त बुझ्दैन भने पार्टी छाडेर जानुस् : प्रचण्ड

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


काठमाडौं, २१ भदौ । संविधान निर्माणमा
लागिपरेका एमाओवादी अध्यक्ष प्रचण्डले
संविधानसभा सचिवालयमा तीन पार्टीका
तर्फबाट दर्ता गराइएको संविधान विधेयकमाथिको
संयुक्त संशोधन प्रस्तावमा असहमति राख्ने आफ्ना
सभासद्हरुलाई चित्त नबुझे पार्टी छोड्न चुनौती
दिएका छन् ।
कांग्रेस, एमाले र एमाओवादीको तर्फबाट शनिबार
दर्ता गराइएको संशोधन प्रस्तावले आफ्ना मुद्दा
सम्बोधन नगरेको गुनासो पोख्न आइतबार बिहान
प्रचण्ड निवास लाजिम्पाट पुगेका एमाओवादीका
सातजना थारु सभासद्लाई उनले भने,‘संविधान कुनै
हालतमा जारी गर्न म प्रतिबद्द छु, तपाईंहरुलाई चित्त
बुझ्दैन भने पार्टी छाडेर जानुस् ।’
एक सभासद्का अनुसार पार्टी भित्र र बाहिरका
राजनीतिक शक्ति तथा अन्तर्राष्ट्रिय समुदाय
खासगरी भारतको तीव्र दबाबमा रहेका प्रचण्डले
संविधानसभाबाट संविधान जारी नगरे जनयुद्दको
औचित्य पुष्टि नहुने , राजतन्त्र फर्कने खतरा, गणतन्त्र,
संघीयता, धर्मनिरपेक्षता, समावेशी र समानुपातिक
प्रतिनिधित्वजस्ता विषय पनि गुम्ने खतरा गुम्ने
भएका कारण प्राप्त उपलब्धि संस्थागत गरेर थप
प्राप्तिका लागि संघर्षको बाटो खुला रहने
बताएको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved