भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौँ, १४ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी
(नेपाल) का अध्यक्ष कमल थापाले भारतले अघोषित
रुपमा नाकाबन्दी गरेर नेपालमाथि राजनीतिक
हस्तक्षेप गर्न खोजेको बताउनुभएको छ ।
सो पार्टीको केन्द्रीय आदिवासी जनजाति
विभागले आयोजना गरेको तीनदिने अनुशिक्षण
कार्यक्रममा सहभागी हुन काभ्रेको धुलिखेल
पुग्नुभएका अध्यक्ष थापाले त्यहाँ पत्रकारहरुसँग
कुराकानी गर्दै भन्नुभयो, “भारतले अघोषित रुपमा
गरेको नाकाबन्दीप्रति हाम्रो आपत्ति छ । यो
हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप हो ।”
दक्षिण एसिया हाम्रो प्रभाव क्षेत्र हो भन्ने
मानसिकताले भारतले काम गरिरहेको बताउँदै उहाँले
नेपालमा भारतले स्वाभाविकभन्दा बढी चासो
दिइरहेको बताउनुभयो । अन्तर्राष्ट्रिय मान्यता र
कानुनअनुरुप पाउनुपर्ने पारवहन सुविधालाई भारतीय
पक्षबाट रोक्ने काम भएको बताउँदै अध्यक्ष थापाले
औपचारिक रुपमा भारतले नाकाबन्दी गरेको घोषणा
नगरेपनि परिणामले नाकाबन्दी भएकै देखाएको दाबी
गर्नुभयो ।
१७ वर्षपछि एकै वर्षमा दुई पटक नेपाल भ्रमण गरेर
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–
भारतबीचको सम्बन्धलाई अभूतपूर्व उचाइमा पु
¥याउनुभएको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष थापाले
अघोषित नाकाबन्दीले त्यो सम्बन्धलाई नकारात्मक
प्रभाव पारेको छ भन्नुभयो ।
समानुपातिक र समावेशिताको विषयलाई
सैद्धान्तिक रुपमा स्वीकार गर्न सकिने भएता पनि
मधेसवादी दलले उठाएको अङ्गीकृत नागरिकता
प्राप्त गर्ने व्यक्तिले राष्ट्रको प्रमुख पद प्राप्त गर्न
पाउनुपर्छ भन्ने विषयलाई कुनै पनि हालतमा स्वीकार
गर्न नसकिने बताउनुभयो ।
सञ्चारकर्मीको एक प्रश्नको जवाफमा उहाँले
संविधान कार्यान्वयनमा आउने चुनौतीलाई सामना
गर्न प्रमुख तीन दल मिलेर जानुपर्ने भएकाले सरकारलाई
बलियो तुल्याउन राप्रपा (नेपाल) प्रतिपक्षमा बसेर
सक्दो सहयोग पु¥याउने विश्वास दिलाउनुभयो ।
राप्रपा (नेपाल) संवैधानिक शक्तिको रुपमा मुलुकको
राजनीतिको मूलधारमा प्रवेश गरेको र प्रमुख दलहरुले
पनि आफ्नो पार्टीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन
आई सम्बन्धमा समेत थप सुधार भएको छ – अध्यक्ष
थापाले भन्नुभयो । रासस
0 comments:
Post a Comment