Home » » सरकार गठनमा कांग्रेस र एमालेबीच तिक्तता सुरु

सरकार गठनमा कांग्रेस र एमालेबीच तिक्तता सुरु

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, १५ असोज । प्रधानमन्त्री सुशील
कोइरालाको राजीनामालाई लिएर दुई ठूला दल
कांग्रेस र एमालेबीच तिक्तता सुरु भएको छ ।
नेपालको संविधान २०७२ अनुसार प्रधनमन्त्री
कोइरालाले संसदको पहिलो बैठक सुरु हुनेवित्तिकै
राजीनामा दिनुपर्ने हुन्छ ।
तर कांग्रेस नेताहरूले भने एकसातासम्म पनि
राजीनामा नदिए केही फरक नपर्ने जनाउँदै आएका छन्
। राजीनामाको विषयलाई लिएर कांग्रेस र
एमालेका नेताहरूबीच आरोप प्रत्यारोप समेत सुरु
भइसकेको छ ।
एमाले उपाध्यक्ष विद्या भण्डारीले संविधान जारी
भइसकेकाले राष्ट्रिय सरकारका लागि
प्रधानमन्त्रीले बाटो छाडिदिनुपर्ने बताउनुभएको छ

नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार
ऋषि धमलासँग कुरागर्दै भण्डारीले पूर्वसहमतिअनुसार
प्रधानमन्त्रीले आजै राजीनामा दिनुपर्ने उल्लेख
गर्नुभयो ।
‘भएपछि राष्ट्रिय सरकरा बनाएर जाने हो ।
संवैधानिक व्यवस्था छ । संसद चलेको एक हप्ताभित्र
नयाँ सरकार बनाउनुपर्छ’, उहाँले भन्नुभयो, ‘एमालेले
अध्यक्ष केपी ओलीले नेतृत्वमा सरकार बनाउँछ ।’
उपाध्यक्ष भण्डारीले सामूहिक सरकार बनाउने कुरा
रहेको भन्दै कांग्रेस राष्ट्रिय सरकारमा सहभागी हुने
बताउनुभयो । उहाँले भन्नुभयो, ‘कांग्रेस एमाले नेतृत्वको
सरकारमा सहभागी हुनबाट पछि हट्छ भन्ने लाग्दैन ।’
कांग्रेसका मुख्य सचेतक चिनकाजी श्रेष्ठले
प्रधनमन्त्रीले राजीनामा दिने समय प्रसस्त रहेको
बताउनुभएको छ । प्रधनमन्त्री कोइरालाले आजै
राजीनामा दिनुपर्ने कुनै बाध्यता नरहेको
बताउनुभयो । ‘प्रधानमन्त्रीको राजीनामा आजै
नआउन सक्छ’, श्रेष्ठले भन्नुभयो, ‘पहला संसदको
नियमावली बनाउनुपर्छ । राजीनामा दिने समय अझै
बाँकी छ ।’
मुख्य सचेतक श्रेष्ठले प्रधानमन्त्री कोइरालालाई केही
व्यवस्थापन मिलाउनु पर्ने रहेकाले तत्काल
राजीनामा निदे अवस्थामा नरहेको आफूले पाएको
उल्लेख गर्नुभयो ।
स्रोतका अनुसार एमालेले राजीनामा दिन दबाव
दिएका कराण प्रधानमन्त्रीले आजै राजीनामा दिन
सक्ने पनि अनुमान गरिएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved