भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमडौं, २३ असोज । शुक्रबार दिनभरि
बालुवाटारमा नेपाली कांग्रेसको बैठक चल्यो ।
केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राखे । धारणा
पार्टीगत भन्दापनि गुटगत रुपमा आए । गटगत रुपमा
आएका धारणभन्दा अलि फरक धारणा दिने पात्र दुई
जना देखिए । ती हुन् महामन्त्री कृष्णप्रसाद
सिटौला र सहमहामन्त्री पूणबहादुर खड्का ।
पूर्णबहादुर खड्का कांग्रेसको नेतृत्वभन्दा पनि
एमालेका केपी ओलीलाई प्रधानमन्त्री बनाउनुपर्छ
भन्दै हिँडिरहेका थिए । ‘सहमतिमा सरकार बन्नछ भने
कांग्रेसले गरोस्’, बैठकमा सुन्ने एक नेताले खड्कालाई
उदृत गर्दै भन्यो, ‘होइन भने एमालेका अध्यक्ष केपी
ओलीलाई गर्नुपर्छ ।’
एमाले अध्यक्ष केपी ओलीको पक्षमा सबैभन्दा धेरै
वकालत गर्ने कोही थियो भने त्यो व्यक्ति खड्कानै
हुन् । र उनलाई साथ दिइरहेका थिए महामन्त्री
सिटौलाले । कांग्रेसमा एमालेको नेतृत्वमा सरकार
बनाउन हुँदैन र सहयोग गर्नु हुँदैन भन्ने बहुमत जान्दाजान्दै
पनि खड्का र सिटौलाले ओलीलाई समर्थन गरेका
थिए ।
अन्ततः कांग्रेसले शुक्रबार मध्यरातिसम्म पनि
प्रधानमन्त्रीमा के गर्ने भन्ने निर्णय गर्नै सकेन । तीन
शीर्ष नेतालाई जिम्मेवारी दिएको भन्दै बैठक
सेलायो । बैठक स्थगित भएको हो वा चालु छ भन्ने भेउ
नपाएर बेलुका सात बजे केन्द्रीय सदस्यहरू घर फर्किए ।
अझ रोचक प्रसङ्गत के छ भने कांग्रेसको केन्द्रीय
समितिको बैठकमा केही नेताहरूबीच झण्डै
हातहालाहलको अवस्था सृजना भएको थियो ।
स्रोतका अनुसार प्रवक्ता दिलेन्द्र बडू, केन्द्रीय सदस्य
विमलेन्द्र निधीले माइन्युट तयार पार्न खेस्रा
गरिरहँदा सहमहमन्त्री खड्काले उत्ताउलो हुँदै गएर
धम्कीसम्म दिन भ्याए । स्रोतका अनुसार खड्काले
हुन्छ भने देउवालाई प्रधनमन्त्री उम्मेदवार बनाउँ । होइन
भने एमालेका अध्यक्ष ओलीलाई समर्थन गरौँ । अरु
निर्णय गर्ने हो भने हुँदैहुन्न भनेका थिए ।
खड्काले प्रवक्ता दिलेन्द्र बडू पत्रकारसँग बाहिर
बोल्दा पनि नजिकै आएर केही निर्णय भएको छैन भन्दै
हस्तक्षेप गरिरहेका थिए । खड्काले बैठकबाट राय लिने
काम भयो, निर्णय भएको छैन अहिलेलाई यति बुझ्नुस्
भन्दै बडूलाई राम्रोसँग बोल्नै दिएनन् । खड्काको
रवैया देखेर केही समय केन्द्रीय सदस्य र पत्रकारहरू
हेरेको हेरै भएका थिए ।
बैठकले शुक्रबार झण्डै सभापति सुशील कोइरालालाई
प्रधानमन्त्रीमा अगाडि बढाउने निर्णय गर्दै थियो
। देउवा समूह आफूलाई नभए कांग्रेसभित्रका अरुलाई कुनै
पनि हालतमा समर्थन गर्ने पक्षमा शुक्रबार
मध्यरातसम्म देखिएन ।
आफ्नो पक्षमा माहोल बनाउन र रणनीति तयारपार्न
देउवाले दरबारमार्गस्थित होटेल अन्नपूर्णमा आफू
निकट केन्द्रीय सदस्यको बैठकसमेत गरे । बैठकमा देउवा
नभए एमालेलाई समर्थन गर्नुपर्छ भन्नेसम्म छलफल गरेको
स्रोतको दाबी छ ।
उता, रामचन्द्र पौडेलले पनि प्रधानमन्त्रीको दाबी
गर्दै शुक्रबारको बैठकमा क्याङ्क्याङ् गरिरहे । तर
उनको रोदन कसैले सुनिदिएन । पछि पनि उनको रोदन
सुनेर प्रधानमन्त्रीमा सहयोग गर्ने कुनै छाँटकाँट छैन भनेर
भन्ने केन्द्रीय सदस्यहरू बालुवाटारमा मध्यरातसम्म
देखिए ।
0 comments:
Post a Comment