भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, २४ असोज । मुलुक चरम इन्धन संकटबाट
गुज्रिरहेका बेला देशभित्रै पेट्रोलियम पदार्थ
अन्वेषणमा जुटेको छ ।
विगतमा अन्वेषणका लागि अनुमति पाएका २
बहुराष्ट्रिय कम्पनी खारेजीमा परेपछि सरकारले नयाँ
टेन्डर खोल्ने अन्तिम तयारी गरिरहेको कारोबार
दैनिकले छापेको छ ।
यससँगै संभावित भनी पहिचान गरिएका १० वटै
स्थानमा पेट्रोलियम अन्वेषणको बाटो खुल्ने खानी
तथा भूगर्भ विभागले जनाएको छ ।
धनगढी, नेपालगंज, लुम्बिनी, चितवन, वीरगंज, मलंगवा,
जनकपुर, राजविराज र विराटनरमा पेट्रोलियम
सम्भाव्यता देखिएको छ ।

0 comments:
Post a Comment