भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
कांग्रेसभित्र भारतीय चलखेल भएको आरोप
२३ असोज । एकीकृत नेकपा माओवादीले
प्रधानमन्त्रीको चयनपछि अब राष्ट्रपतिमा आफूले
दाबी गर्ने संकेत गरेको छ । शनिबार आयोजित
एमाओवादी संसदीय दलको बैठकमा एमाओवादी
अध्यक्ष प्रचण्डले अब राष्ट्रपतिमा दाबी गर्ने ढोका
खुलेको बताए ।
आफू राष्ट्रपति नबन्ने यसअघि नै घोषणा गरेका
प्रचण्डले शनिबार संसदीय दलको बैठकमा पात्रको
बारेमा कुरा नगरी राष्ट्रपतिका लागि दाबी गर्ने
ढोका खुलेको बताएका हुन् ।
उपराष्ट्रपति पहिलेदेखि नै एमाओवादीलाई दिने
प्रस्ताव आइरहेको बताउँदै प्रचण्डले नेपाली कांग्रेस
सहमतिबाट बाहिरिएको अवस्थामा अब
एमाओवादीले पनि राष्ट्रपतिमा दाबी गर्ने बाटो
खुलेको बैठकमा बताए ।
यसअघि कांग्रेस सभापति सुशील कोइरालालाई
राष्ट्रपति बनाउने एमाले कांग्रेसवीच भद्र सहमति
भएकोमा कांग्रेसले त्यसलाई तोडेपछि एमाओवादीले
राष्ट्रपतिका दाबी गर्ने संकेत गरेको हो ।
राष्ट्रपति कसलाई बनाउने भन्ने एमाओवादीले टुंगो
गरेको छैन । कतिपयले भने माओवादी नेता मोहन
वैद्यलाई राष्ट्रपति बनाउनुपर्ने बहस
एमाओवादीभित्र थालनी गरेका छन् ।
प्रधानमन्त्री बनेपछि मन्त्रालयमा छलफल
एमाओवादी अध्यक्ष प्रचण्डले संसदीय दलको बैठकमा
एमालेसँग भएको १४ बुँदे सहमतिबारे व्याख्या गरेका
थिए ।
सरकार गठनबारे सहमति भइनसकेको जानकारी दिँदै
प्रचण्डले मन्त्रायल बाँडफाँडबारे प्रधानमन्त्रीको
चयनपछि नै छलफल हुने आफ्ना सभासदहरुलाई
जानकारी दिए ।
मन्त्री बनाउँदा सबै पक्षलाई मिलाएर समावेशी
आधारमा गरिने प्रचण्डले आश्वासन दिए । मधेसबारे
केपी ओलीसँगको दृष्टिकोणमा केही भन्नता भए पनि
ओलीलाई आलोचनात्मक समर्थन गरिएको प्रचण्डले
स्पष्ट पारेका थिए ।
प्रचण्डले राष्ट्रिय एकतालाई खलल पार्न खोज्नेलाई
मतदान नगर्न र ओलीलाई एक ढिक्का भएर मतदान गर्न
सभासदहरुलाई आग्रह गरे ।
बाबुराम पक्षका भनिएका प्रभु साहले नै ओलीलाई
मतदान गर्छु भनेपछि एमाओवादीका कुनै पनि सांसदले
दलको बैठकमा पार्टी निर्णयप्रति असन्तुष्टि
नजनाएको एक सांसदले अनलाइनखबरलाई जानकारी
दिए ।
कांग्रेसमा भारतीय चलखेल भएको आरोप
एमाओवादी अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसभित्र
भारतले चलखेल गरेको बताएका छन् । भारतको नामै
लिएर उनले सुशील कोइरालाले भारतको इशारामा
उमेद्वारी दिएको कुरा बाहिर आइसकेको बताए ।

0 comments:
Post a Comment