भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
सम्भावित ओली नेतृत्वमा हुने आगामी सरकारका
लागि राप्रपा नेपाललाई उपप्रधानमन्त्री र
परारष्ट्रसहित तीन मन्त्रालय दिने एमालेसँग सहमति
भइसकेको दाबी राप्रपा नेपालका एक उच्च नेताले
सेतोपाटीसँग गरेका छन्।
उनले राप्रपा नेपाल अध्यक्ष कमल थापाको नेतृत्वमा
सरकारमा जाने भन्दै तीन मन्त्रालय पाउने दाबी
गरेका छन्।
‘राप्रपा नेपाललाई उपप्रधानमन्त्री र परराष्ट्रसहित
तीन मन्त्रालय दिने सहमति गएराति नै भएको हो,’
ती नेताले भने,‘ कांग्रेसका नेताहरूले पनि अध्यक्षलाई
फोन गरेका थिए तर तपाईहरूले ढिला गर्नुभयो भनेर
उहाँले भन्नुभयो।’
अध्यक्ष थापा उपप्रधानसहित परराष्ट्र मन्त्री बन्ने
भएका छन्।
0 comments:
Post a Comment