भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
'मधेस आन्दोलन दलाल, तस्कर, राष्ट्रघाति,
अपराधिको अखडा'
काभ्रे, २२ असोज । नेपाल मजदुर किसान पार्टीका
अध्यक्ष नारायणमान विजुक्छेले तराईमा आन्दोलनको
नेतृत्व गरिरहेका राजेन्द्र महतोले मन्त्री हुँदा गरेको
भ्रष्टाचारको छानविन गर्न सरकारलाई आग्रह
गर्नुभएको छ ।
महतोले स्वास्थ्य मन्त्री बन्दा गरेका भ्रष्टाचारको
छानविन गरी कारवाही गर्न उहाँले आग्रह गर्नुभएको
हो । विजुक्छेले तराईमा आन्दोलनरत नेता र दलहरु कुनै न
कुनै समय राज्यको मन्त्री बनेको भएपनि उनीहरुले पुरै
सरकार हत्याउने उद्देश्यले आन्दोलनलाई रोजेको
बताउनुभयो ।
उहाँले तराईमा आन्दोलन गर्ने र आन्दोलनको नाममा
देशको पहिचान नै अन्योलमा पर्ने काम गर्नेहरुलाई
दलाल, तस्कर, राष्ट्रघाति, अपराधिको संज्ञा
दिनुभयो । नेपाल जस्तो देशमा कम्नियुष्टहरुले सत्ता
चलाउन नपाउँदा विस्तारवादीहरु सलबलाएको
अध्यक्ष विजुक्छेले जिकिर गर्नुभयो ।
0 comments:
Post a Comment