भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
विराटनगर, २२ असोज । विराटनगर भन्सार
कार्यालयको परिसरमा भारतबाट छत्तीसवटा
पेट्रोलियम पदार्थका गाडीसहित ६२ वटा गाडी
भित्रिएका छन् ।
सोमध्ये २४ वटा डिजेल बोकेका ट्याङ्कर, तीनवटा
पेट्रोल बोकेका ट्याङ्कर र नौवटा ग्यास बुलेट रहेको
भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतले जानकारी
गराउनुभयो । साथै मालवाहक ट्रक, कच्चापदार्थ
बोकेका ट्रकहरु छन् । वेलुकीसम्म थप पेट्रोलियम
पदार्थसहितका गाडी आउने सम्भावना रहेको उहाँले
बताउनुभयो ।
सो नाकाबाट बिहीबार पेट्रोलियम पदार्थ
बोकेका एउटा पनि गाडी भित्रिएका थिएन । आज
विहानैदेखि पेट्रोलियम पदार्थका गाडीहरु
भित्रिने क्रम सुरु भएको हो । रासस
0 comments:
Post a Comment