Home » » मधेसी मोर्चालाई खुसी बनाउन संविधान संशोधनको विधेयक संसदमा दर्ता

मधेसी मोर्चालाई खुसी बनाउन संविधान संशोधनको विधेयक संसदमा दर्ता

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, २० असोज । मधेसी मोर्चासहितका
आन्दोलनकारीका माग सम्बोधन गर्ने गरी सरकारले
संविधान संशोधनको विधेयक संसद सचिवालयमा
दर्ता गराएको छ ।
काननु मन्त्रालयले आज संसद सचिवालयमा नेपालको
संविधान २०७२ पहिलो संशोधन विधेयक दर्ता
गराएको कानुनमन्त्री नरहरि आचार्यले जानकारी
दिनुभयो ।
राज्यका सबै अंगमा समानुपातिक समावेशीका
आधारमा प्रतिनिधित्व सुनिश्चित गर्ने, जनसंख्याका
आधारमा निर्वाचन क्षेत्र निर्धारणको विषय
संशोधन विधेयकमा छ । संसद बैठक असोज २२ गते
बोलाइएको छ ।
गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले संशोधन
विधेयक तयारीको जिम्मेवारी कानुन मन्त्रालयलाई
दिएको थियो । उक्त दुई विषयमा संविधान
संशोधनको प्रतिवद्धता प्रमुख तीन दलका नेताहरुले
यसअघि व्यक्त गरेका थिए ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved