भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, २० असोज । भारतको पटनामा सात जना
नेपालीको मृत्यु भएको छ । मंगलबार भएको बस
दुर्घटनामा सात जना नेपाली तीर्थयात्रुको मृत्यु
भएको हो ।
मृत्यु हुने सबै बाँके जिल्ला निवासी हुन् । बाँके
सीतापुरका दलबहादुर वालीले आफ्नो करिब ६०
वर्षीय बाबु भद्रबहादुर ओलीसहित ७ जनाको मत्यु
भएको जानकारी दिनुभएको छ ।
उनीहरु २२ दिनको यात्राका लागि असोज ८ गते
घरबाट हिँडेका थिए । मृत्यु हुने अन्य तीर्थालुहरुमा
बाँके उढारापुरका ४, सोनपुरका २ जान छन् ।
तीर्थलुहरुलाई सँगै लगेर जाने एक जना पण्डाको पनि
मृत्यु भएको मृतकका आफन्तहरुले बताएका छन् । मृतकहरुको
पोष्टमार्टम भइरहेको र भोलिसम्म शवहरु ल्याइ पुराउने
आफन्तहरुले बताए । दुर्घटनामा केही घाइते छन् ।

0 comments:
Post a Comment