Home » » राजेन्द्र महतोले कमाण्ड सम्हालेपछि भैरहवाको बेलहियामा सुरक्षा व्यवस्थामा थप कडाई

राजेन्द्र महतोले कमाण्ड सम्हालेपछि भैरहवाको बेलहियामा सुरक्षा व्यवस्थामा थप कडाई

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


भैरहवामा बसेको जिल्ला सुरक्षा समितिको बैठक

भैरहवा, २० असोज । नेपाल भारत सीमा नाका
बेलहियामा सुरक्षा अवस्थालाई थप कडाई गरिएको
छ ।
बुधबार भारतीय भूमीको प्रयोग गर्दै सीमावर्ति
सुनौली बजार क्षेत्रबाट संयुक्त मधेसी मोर्चाका
कार्यकर्ताले नेपालतर्फ ढुंगामुढा गरेपछिको
अवस्थालाई विश्लेषण गर्दै जिल्ला स्थित सुरक्षा
समितिले सो क्षेत्रमा थप सुरक्षा व्यवस्थापन गरी
कडाई गरिने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी
विष्णु प्रसाद ढकालले जनाए । प्रजिअ ढकालले भने
“हिजो जे भयो त्यो हुन नदिन हामीहरु सजग छौं ।
सीमा क्षेत्रमा थप सुरक्षा व्यवस्थापन गर्दैछौं ।”
सोमबार सीमावर्ति बेलहियामा भएको घटनालाई
लिएर जिल्ला स्थित सुरक्षा निकायले बेलहिया
बासीसंग मंगलबार सुझाव समेत लिएको छ । मंगलबार
जिल्लाका सुरक्षा निकायका प्रमुखहरु सहितको
बैठकमा बेलहियाका संघसंस्थाका प्रतिनिधीले
मोर्चाका कार्यकताले भारतीय भूमी र भारतीय
प्रहरीको संरक्षणमा सीमामा अराजकता नै
मच्चाएको जनाउदैं प्रशासनले यसलाई तत्काल
नियन्त्रण नगरे राष्ट्र र राष्ट्रियताको लागी
आफुहरुले प्रतिवाद गर्ने जनाएका थिए ।
लुम्बिनी अञ्चल प्रहरी प्रमुख एसएसपी गणेश के.सीले
सोमबारको घटनाले जिल्लामा सुरक्षा चुनौती
बढेको जनाउदैं शान्ति सुरक्षा र अमनचयन कायम गर्न
स्थानियको सहयोग अपरिहार्य भएको जनाउदैं भने
“तपाई स्थानियहरु मोर्चा कार्यकर्ताको
प्रतिकारको नाममा प्रदर्शन नगर्नुहोस् ,
आन्दोलनकारीलाई व्यवस्थापन गर्ने जिम्मा हाम्रो
हो । ”
रुपन्देही प्रहरी प्रमुख एसपी बुद्धि गुरुंगले दसगजा
क्षेत्रमा कुनैपनि देशको अहित हुनेगरी कार्यक्रम गर्न
गराउनबाट रोक्न आफुहरु कटिबद्ध भएको जनाए । यसै
हप्ताबाट राजेन्द्र महतोले बेहलिया नाकामा
अवरोध गर्न मधेसी मोर्चाको कमाण्ड सम्हालेपछि
सुरक्षा व्यवस्था कडा पारिएको हो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved