भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
मलाई सानैदेखि हिरोइन बन्ने इच्छा थियो ।
पढाइमा भन्दा बढी नाच्न, नक्कल पार्नमा ध्यान
दिन्थेँ । त्यही कारणले गर्दा मैले बुबाममीको गाली
खाइरहन्थेँ । उहाँहरू छोरी पुलिस, आर्मी बनोस् भन्ने
चाहनुहुन्थ्यो । तर, मलाई त्यतातिर रुचि थिएन ।
सबिना कार्की
कलाकार बन्छु, नाम कमाउँछु भन्ने सपना सजाएकाले
मैले यो क्षेत्रमा कसरी प्रवेश गर्ने भन्ने मौका खोजेँ ।
सुरुमा मैले ‘तिरिरी’ नामक टेलिसिरियलमा अभिनय
गरेँ । तर, मलाई फिल्मको हिरोइन बन्नु थियो ।
त्यसकारण अभिनय, डान्स सिक्न थालेँ । अभिनय
प्रशिक्षण लिने क्रममा उमेश मायालु सरमार्फत
सोभित बस्नेत सरसँग भेट भयो । उहाँले मलाई ‘दुलही
रानी’ फिल्ममा अभिनय गराउनुभयो ।
दुलही रानीमा भूमिका छोटो भए पनि ठूलो
पर्दामा प्रवेश गरेँ । त्यसपछि ‘वाचा’ फिल्ममा
अभिनय गरेँ । त्यो फिल्म अहिलेसम्म रिलिज भएको
छैन, हुन्न पनि होला । वाचामा सँगै काम गर्दा
जिया केसीसँग निकट भएँ । उनकै माध्यमबाट ‘एटिएम’
फिल्म खेल्न पुगेँ ।
एटिएममा मेरो राम्रै भूमिका छ, तर रिलिजअगाडि
सार्वजनिक गरिएको प्रोमोका कारण निकै तनाव
भोग्नुपर्यो । एटिएम खेल्नाले अलि–अलि बन्दै गएको
करिअर पनि चौपट हुने अवस्था आयो । त्यो फिल्म
खेल्नु भुल थियो । फिल्मभित्र अश्लील लाग्ने सिन,
डाइलग नभए पनि फिल्म चलाउन गरिएको ‘चिप
पब्लिसिटी’ले गर्दा निकै गाह्रो भयो ।
एटिएमपछि पनि मलाई त्यसै खालका दृश्ययुक्त थुप्रै
फिल्मबाट अफर आए । मैले एकचोटि गरेको गल्ती पुन:
नदोहोर्याउने प्रण गरेकाले कुनै फिल्म पनि
स्विकारिन् । अहिलेसम्म मैले झन्डै एक दर्जन फिल्म र दुई
सयजति म्युजिक भिडियोमा अभिनय गरिसकेकी छु ।
एटिएमबाहेक अरू सबै फिल्म, म्युजिक भिडियोबाट म
सन्तुष्ट छु ।
– नयाँ पत्रिका दैनिकबाट
0 comments:
Post a Comment