Home » » बहुमतीय प्रक्रिया अगाडि बढाउन राष्ट्रपतिको आह्वान, निर्वाचनबाट नयाँ प्रधानमन्त्री चुनिने

बहुमतीय प्रक्रिया अगाडि बढाउन राष्ट्रपतिको आह्वान, निर्वाचनबाट नयाँ प्रधानमन्त्री चुनिने

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौँ, २२ असोज । राष्ट्रपति डा रामवरण
यादवले व्यवस्थापिका संसदको तत्काल कायम रहेका
सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतका आधारमा
प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्ने प्रक्रिया
अगाडि बढाउन आह्वान गर्नुभएको छ ।
राष्ट्रपति कार्यालयद्वारा आज जारी
विज्ञप्तिमा २०७२ साल असोज १५ गते शुक्रबारको
समयावधि भित्रमा राजनीतिक सहमतिको
आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न हुन
नसकेकाले नेपालको संविधानको धारा २९८ को
उपधारा (३) बमोजिम सो प्रक्रिया अगाडि बढाउन
भनिएको छ ।
राष्ट्रपति डा यादवले नेपालको संविधानको धारा,
२९८ को उपधारा (२) बमोजिम व्यवस्थापिका–
संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको
सहमतिका आधारमा सात दिनभित्र
प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको
अध्यक्षतामा मन्त्रिपरिषद्को गठन गर्नको लागि
संसदमा प्रतिनिधत्व गर्ने राजनीतिक दलहरुलाई
आह्वान गर्नुभएको थियो । रासस

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved