भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं : प्रधानमन्त्री सुशील कोइरालालाई नै
फेरि प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको
निर्णयप्रति असहमति जनाउँदै कांग्रेस सहमहामन्त्री
पूर्णबहादुर खडकाले राजीनामा दिएका छन् ।
उनले तीन दलबीचको एकतालाई तोड्दै
प्रधानमन्त्रीमा उम्मेदवारी दिने निर्णय आफूलाई
चित्त नबुझेपछि पदबाट राजीनामा दिएको
बताएका छन् । उनले तीन दलबीचको एकता कायम
रहोस् भन्ने भावना र अपेक्षालाई उपेक्षा गर्दै
कांग्रेसका केही नेताहरुले गलत निर्णय गरेको बताएका
छन् ।
अन्तिम क्षणमा आएर एमालेलाई असहयोग गर्ने र आफै
प्रधानमन्त्रीका लागि लड्ने निर्णयपछि
कांग्रेसभित्रै असन्तुष्टी सुरु भएको छ।युवा नेताहरु चन्द्र
भण्डारी, गगन थापा, रामहरी खतिवडालगायतले
पनि कांग्रेसले गरेको निर्णयप्रति असन्तुष्टी जनाउँदै
निर्णय सच्चाउन नेतृत्वसमक्ष आग्रह गरेका छन् ।
उनीहरुले कुर्सीको झगडाका कारण तीन दलबीचको
एकता टुट्न नहुने र विगतमा भएका सहमति र
समझदारीअनुसार नै अघि बढ्नुपर्नेमा जोड दिएका छन्
।
0 comments:
Post a Comment