भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
शनिबार, २३ असोज
काठमाडौं । आफ्नो अनुमान विपरित एमाले अध्यक्ष
केपी शर्मा ओली प्रधानमन्त्री बन्ने पक्का पक्की
भएपछि भाारतीय संस्थापन पक्ष झस्किएको छ ।
भाारतले अनुमान गरे विपरित ओली प्रधानमन्त्री बन्ने
पक्का भएपछि दिल्लीमा रुवाबासी सुरु भएको स्रोत
बताउँछ ।
भारतीय दुतावासमा समेत ओली प्रधानमन्त्री बन्ने
भएपछि सबैले पुर्पुरोमा हात राखेर बसेको लैनचौर
स्रोत बताउँछ ।
भारतीय जनता पार्टीको अनुमान विपरित राप्रपा
नेपालले समेत ओलीलाई समर्थन गर्ने पक्का भएको र
ओलीको समर्थकमा थापा बसेकाले उनीहरु हच्किएका
छन् ।
भारतले अन्तिमसम्म कांग्रेस एमाले जुधाएर पुनः सुशील
कोइरालालाई नै प्रधानमन्त्री बनाउन खोजेको
थियो । भारतीय कार्डका रुपमा कोइराला प्रयोग
भएका थिए ।
कोइराला भारतीय निर्देशन अनुसारनै उम्मेदवार
भएको लैनचौर स्रोतको दाबी छ । भारतीय कार्ड
असफल भएपश्चात् दिल्लीमा रणनीति बन्दै गरेको
बताइएको छ ।
दिल्लीले अन्तिमसम्म पनि कोइरालालाई
प्रधानमन्त्री बनाउने पहल गर्ने रणनीति बनाएको छ ।
नभए ओलीलाई नै गलाउने नीति लिने बताइएको छ ।
भारतले दशैं, तिहार, छठ जस्ता महान् पर्वको मुखमा
लगाएको नाकाबन्दीका विरुद्ध ओली चर्को रुपमा
प्रस्तुत भइरहेका छन् ।
कोइरालाले भने कुनै पहल नै नगरेको आरोप लाग्ने गरेको
छ । दिल्लीमा मच्चीएको खैलाबैलाले काठमाडौंमा
असर पार्ने हो की होइन हेर्न बाँकी छ ।

ओलीको बोलीमै बिस्वास गरौ,भारतीय दलालका बिस्वास नगरौ!अबको नया नेपाल कि त ओलीकै हातमा छ कि त प्रचण्डकै हातमा छ!
ReplyDelete