भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाण्डौ । प्रधानमन्त्री सुशील कोइरालाले
मतदान हुनुअघि आफ्नो उम्मेदवारी फिर्ता
लिने संभावना छ ।
कांग्रेस एमालेले गरेको भद्र सहमति अनुसार
एमालेलाई प्रधानमन्त्रीमा समर्थन नगरेपछि
त्यसै बेला भएको सहमति अनुसार राष्ट्रपति पद
पनि एमाले र एमाओवादीले नै लैजाने संभावना
भएपछि एमालेले अन्तिम समयमा फिर्ता लिने
संभावना छ ।
पार्टीमा प्रधानमन्त्रीका आंकांक्षी बढी
भएपछि कांग्रेसले सभापति तथा प्रधानमन्त्री
कोइरालालाई नै प्रधानमन्त्रीको उम्मेदवार
बनाएको हो ।
तर कांग्रेसका नेताहरुलाई प्रधानमन्त्री भन्दा
पनि पार्टीको नेतृत्व चाहिएकाले देउवा
पक्षको दवावमा कोइरालालाई
प्रधानमन्त्रीको उम्मेद्वार बनाइएको हो ।
ओलीलाई एमाओवादी, राप्रपा नेपाल, माले
लगायत सामा दलले पनि समर्थन गरेपछि
कोइरालाको पक्षमा बलियो मत छैन ।
तत्काल देखिएको समिकरण अनुसार ओलीसँग
आफ्नो १८३, एमाओवादी ८३, राप्रपा नेपाल
२५, राप्रपा १२ र साना दलको ३० मत देखिएको
छ ।
संसदमा कायम रहेका सदस्य मध्ये प्रधानमन्त्री
निर्वाचित हुनका लागि ३०० मत आवश्यक
परेपनि ओलीको पक्षमा ३३३ मत देखिएको छ ।
त्यसैगरी कोइरालाको पक्षमा आफ्नो दलको
२०७, महन्थ ठाकुर नेतृत्वको मोर्चाको ८३,
विजयकुमार गच्छदार नेतृत्वको मोर्चाको १८ र
साना दल मध्ये २३ जनाको समर्थन देखिने
संभवना छ । जसमा कोइरालाको पक्षमा २८३
मत मात्र झर्ने संभावना छ ।
कांग्रेसले छुट्टै उम्मेदवार उठाउँदा राष्ट्रपति
निर्वाचनमा पनि सरकार गठनमा देखिएको
समीकरणले नै राष्ट्रपति, उराष्ट्रपति, सभामुख र
उपसभामुख बाँड्ने संभावना छ ।
यसअघि पहिलो संविधानसभामा कांग्रेस
एमाले मिलेर तत्कालीन सबैभन्दा ठुलो दल
एकीकृत नेकपा माओवादीलाई एक्ल्याएको
थियो ।

0 comments:
Post a Comment