Home » » कांग्रेसले पहिलो पटक भन्यो, ‘एमालेसँग सम्बन्ध चिसियो’

कांग्रेसले पहिलो पटक भन्यो, ‘एमालेसँग सम्बन्ध चिसियो’

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, २० भदौ । नेपाली कांग्रेसका केन्द्रीय
सदस्य तथा संगठन विभाग प्रमुख आनन्दप्रसाद
ढुङ्गानाले एमालेसँगको सम्बन्धमा चिसोपना आएको
भन्दै सत्ता गठबन्धन गरेर जाने अवस्थाप्रति आशंका
जनाउनुभएको छ ।
ढुङ्गानाले पूर्वसहमतिअनुसार एमालेले नेपालको
संविधान २०७२ संशोधन गरेर मधेसी र थारुहरूको
मागलाई सम्बोधन गर्ने विषयमा कांग्रेसलाई असयोग
गरेको बताउनुभयो ।
‘तीन दलको सहमतिअनुसार प्रधानमन्त्री सुशील
कोइरालाले संसदमा सम्बोधन गरेको विषयमा पनि
एमलेले असहयोग गरेको छ’, नेपालवाणी रेडियो
नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरागर्दै ढुङ्गानाले
भन्नुभयो, ‘एमालेले सहमति नमान्ने कांग्रेसले मात्रै
मान्नु पर्छ भन्ने कहाँ छ ?’
भूकम्पले पुर्याएको क्षति पुनःनिर्माण गर्न बनाइएको
प्राधिकरणको विधेयक पारित गराउन एमालेले
असहयोग गरेको उहाँले बताउनुभयो ।
‘एमालेले पटक पटक धोका दिएको छ’, कांग्रेस नेता
ढुङ्गानाले भन्नुभयो, ‘मधेसी मोर्चा र थारुले
उठाएका समानुपातिक, समावेशी, जनसंख्याको
आधारमा निर्वाचन क्षेत्र निर्धाणलगायतलाई
संविधान संशोधन गरेर जाने सहमति भइसकेको थियो ।
सोहीअुनसार संसदमा प्रधानमन्त्रीले सम्बोधन
गर्नुभयो । तर संशोधन प्रस्ताव संसदमा लैजान लाग्दा
एमालेले मानेन । धोका दियो ।’
नेता ढुङ्गानाले प्रधानमन्त्रीमा कसलाई समर्थन गर्ने
भन्ने विषय पार्टीले टुङ्गो लगाउने भन्दै एमालेसँगको
सहकार्य अस्वीकार गर्नुभएको छ ।
‘केपी ओलीको व्यक्तिगत कुरा नगर्नुस्’, कांग्रेस नेता
ढुङ्गानाले भन्नुभयो, ‘मुलुकलाई अहिले सहमतिको
सरकार चाहिएको छ । प्रधानमन्त्रीको विषयमा
छलफल गर्दै जानुपर्छ ।’

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved