भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं । कांग्रेस सभापति सुशील
कोइराला कोइराला र एमाले अध्यक्ष केपी
ओलीबीच ३८ औं प्रधानमन्त्रीका लागि
केहीबेरमा व्यवस्थापिका संसदमा भोटिङ हुँदैछ
। सहमतीय सरकारको लागि एक हप्ताको
समयमा उम्मेदवार नहुने र पार्टीका शेरबहादुर
देउवा र उपसभापति रामचन्द्र पौडेललाई रोक्ने
मात्र उद्देश्य कोइरालाको थियो ।
तर, शुक्रबार राती भारतीय राजदुत रणजित
रेसँगको भेटपछि कोइराला उम्मेदावर नबन्ने
पूर्ववतः अडानबाट ‘पाराडाइम सिफ्ट’ भई
ओलीसँग भिड्न तयार भए । सभापति नै तयार
भएपछि बाध्य भएर देउवा प्रस्तावक र पौडेल
समर्थक बन्न पुगे ।
कांग्रेसमा पनि अस्वभाविक र आश्यर्चजनक
रुपमा कोइरालाले उम्मेदवारी दाबी गरेपछि
सहमहामन्त्री पूर्णबहादुर खडकले पदबाट
राजीनामा नै दिए । कांग्रेसका निर्वाचित
सभासद्हरु गगन थापा, चन्द्र भण्डारी, जीवन
बहादुर शाही, राजीवविक्रम शाहहरुले त
कांग्रेस अन्तैबाट चलेको भन्दै भारततिर इशारा
गरे । सभासद् धनराज गुरुङले त भारतको नांगो
हस्तक्षेप भएको भन्दै निराशाजनक स्टाटस
फेसबुकमा हालेका छन् ।
यसरी अस्वभाविक रुपमा कोइरालाले भर्खरै
राजीनामा गरेर फेरि प्रधानमन्त्रीका लागि
लड्न खोज्नु उही भारतको आशिर्वाद सहयोग
भएको भन्दै सामाजिक संजामा पनि उत्तिकै
आलोचना भइरहेको छ । भारतकै सहयोगमा
संविधान नमानेका मधेसी दलहरु पनि
कोइरालालाई भोट हाल्न आउनु भारतको
प्रत्यक्ष सहयोगमा कोइराला अघि बढेको भन्दै
सामाजिक संजालमा कोइराला र ओलीबीच
भिडन्त होइन, ‘ओली (नेपाल) विरुद्ध सुशील
(भारत)’ भिडन्तभन्दै सामाजिक संजालमा
तीव्र व्यग्य गरिएको छ । सामाजिक
संजालका तिनै व्यंग्यलाई हामी समाचारमा
राखेका छौं ।

0 comments:
Post a Comment