भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
२६ कात्तिक, एजेन्सी।
चीनको पछिल्लो ‘एन्टी मिसाइल’ टेस्टले अमेरिकाको सातो उडाएको छ। सदा झै गोप्य राखिएको यो परिक्षण पछि
यसका बारेमा चर्चा परिचर्चा चलेका छन्।
बेइजिङले तयार पारेको यो हाइपर सोनिक हतियारले जुनसुकै देशको स्याटेलाइटपनि खसाल्न सक्ने जानकारी बाहिर
आएपछि अमेरिका लगायतका पश्चिमा देशहरुको चिन्ता बढेको हो।
चीनको सिन्जियाङ प्रान्तबाट अक्टोबर ३० मा परिक्षण प्रक्षेपण गरिएको सो मिसाइल ध्वनीको गति भन्दा कयौं
गुणा बढी गतिले आकाश तर्फ उडेको थियो। सो मिसाइल माथी जाँदा बनेको घूमाउरो धुवाका तस्विर सामाजिक
सञ्जालमा समेत चर्चामा छ।
सैन्य गतिविधिको निकै कम जानकारी मात्र सार्वजनिक गर्ने बेइजीङले यो परिक्षणको पनि चलाखीपू्र्ण ढङ्गले बचाउ
गरेको छ। ‘बाहिरी अन्तरिक्षको शान्तिपुर्ण प्रयोगमा चीनले विश्वास गर्ने र अन्तरिक्षमा सशस्त्रिकरण विरोध गर्छ’
भन्दै अमेरिका स्थित चिनियाँ दुतावासले यो परिक्षणको विस्तृत विवरण सार्वजनिक गरेका छैनन्।
अमेरिकी रक्षा अधिकारीहरुले भने चीनले परिक्षण गरेको सो मिसाइलले पृथ्वीको कक्षमा परिक्रमा गरिरहेका
स्याटेलाइटलाई खसाल्ने सार्मर्थ रहेको दाबी गर्छन्। यो भन्दा अघि पनि चीनले यस्तै दुइवटा परिक्षण गरेको बताइन्छ।
सन् २०१४ जुलाईमा अहिले प्रक्षेपण गरेको कोर्ला लञ्चिङ प्याडबाटै एक यस्तै मिसाइल परिक्षण गरिएको थियो। सन्
२००७ को एक परिक्षणले पृथ्वी भन्दा ८६५ किलोमिटर माथीको पुरानो मौषम अध्ययन गर्ने पठाइएको स्याटेलाईट ध्वस्त
भएको थियो।
अमेरिका सञ्चार, जीपिएस, सुरक्षा र सैन्य सम्बन्धि कार्यक्रम देखि धेरै क्षेत्रको विकासको लागि स्याटेलाइटमा भर
पर्ने गर्छ। चीनको यस्तो परिक्षणले भविष्यको अन्तरिक्ष सुरक्षामा समेत खतरा निम्त्याएको भन्दै अमेरिकी
अधिकारीहरु चिन्तित भएका छन्।
0 comments:
Post a Comment