भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
अन्तालिया, ३० कात्तिक । चिनियाँ राष्ट्रपति
सि जिनपिङ र रसियाली राष्ट्रपति
भ्लादिमिर पुटिनबीच टर्कीमा भेटवार्ता भएको
छ ।
जि २० को सम्मेलनमा सहभागिताका लागि
त्यहाँ रहनुभएका उहाँहरुबीच सो भेटवार्ता भएको
समाचारमा जनाइएको छ ।
उक्त भेटका क्रममा उहाँहरुबीच यसअघि दुवै
राष्ट्रबीच के कसरी एक भएर अघि बढ्ने भनी व्यक्त
भएका प्रतिबद्धताहरुलाई थप मजबुद बनाउने बारेमा
कुराकानी भएको बताइएको छ ।
चिनियाँ राष्ट्रपति सि जिनपिङले सो अवसरमा
रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनसँग चीनले
जि२० देशहरुसँग समावेशी तथा अन्तरसम्बन्धित
अथवा समन्वयात्मक अर्थतन्त्रको विकास गर्न
चाहेको विषयमा पनि कुराकानी गर्नुभएको
थियो ।
चीनले आगामी वर्षदिनका लागि जि२० को
अध्यक्षताको पालो पाएको छ । त्यसैले सो
समयसम्मका लागि चीनलाई रसियाको सहयोग
पनि माग्नुभएको बताइएको छ । दक्षिणपश्चिमी
टर्कीको सहर अन्तालियामा जारी रहेको जि२०
को सम्मेलनका क्रममा उहाँहरुबीच सो भेटवार्ता
भएको थियो ।
त्यस क्रममा चिनियाँ राष्ट्रपति सि जिनपिङले
चीनले आयोजना गर्ने यस जि२० सम्मेलनका लागि
चीनले रसियासँग समन्वय र सञ्चारसम्बन्ध कायम गर्न
चाहेको जानकारी दिनुभएको थियो ।
उहाँको प्रस्तावलाई रसियाली राष्ट्रपति
पुटिनले समर्थन गर्नुभएको थियो । त्यसैगरी यी दुई
नेताबीचमा ब्रिक्स राष्ट्रका बीचमा
आर्थिकलगायतका क्षेत्रमा गरिने विकास र
विस्तारका बारेमा पनि कुराकानी भएको
बताइएको छ ।
टर्कीमा जारी सो सम्मेलनमा विश्वका प्रमुख २०
आर्थिक सम्पन्न राष्ट्रका नेताहरु सहभागी भइरहेका
छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामा पनि
सो सम्मेलनका लागि सो सम्मेलनमा
सहभागिताका लागि आइतबारै टर्की पुग्नुभएको छ
। रासस/सिन्ह्वा
0 comments:
Post a Comment