Home » » सिटौला र चित्रलेखाले फेरे गुट

सिटौला र चित्रलेखाले फेरे गुट

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

पार्टीको १३ औं महाधिवेशनको मिति नजिकिँदै
गर्दा कांग्रेसभित्र गुट परिवर्तनको क्रम पनि सुरू
भएको छ । पार्टीको तल्लो तहसम्म गुट पविर्तन हुने
कुरा त स्वभाविकै नै भया तर केन्द्रीय
पदाधिकारीसमेत गुट फेर्न थालेका छन् ।
१२ औं महाधिवेशनमा बरिष्ठ नेता शेरबहादुर
देउवाको गुटबाट कोषाध्यक्ष जितेकी चित्रलेखा
यादवले अहिले देउवालाई छाडेको कांग्रेस निकट
स्रोतले बतायो । उनी सभापति सुशील
कोइराला उपचारका लागि अमेरिका प्रस्थान
गर्दा विदाइका लागि विमानस्थलसम्म पुगेकी
थिइन्। कोइराला सरकारमा शिक्षामन्त्रत्री
रहेकी यादवले सरकारमा रहँदा नै गुट परिवर्तन गरेको
बताइन्छ । सो सरकारका एक मन्त्रीले भने,
‘मन्त्रीपरिषद् बैठकमा कुनै मन्त्रीले विदेश भ्रमणको
प्रस्ताव लग्यो भने कोइराला स्वीकृत गर्न नै
अनकनाउँथे र यादवले लगेको प्रस्ताव छ भने छलफल नै
नगरी स्वीकृत गरौं भन्थे ।’
यादवलाई आफ्नो गुटमा ल्याउनकै लागि
कोइरालाले त्यो रणनीति अपनाएको देउवा
निकटहरूले अहिले बुझ्न थालेका छन् ।
महाधिवेशनपछि कोइराला समूहबाट
महामन्त्रीमा मनोनित कृष्णप्रसाद सिटौलाले
पनि गुट परिवर्तन गरेको कांग्रेस स्रोतको दाबी छ
। स्रोतका अनुसार अहिले उनको हिमचिम देउवासँग
बाक्लिन थालेको छ । देउवा जाने प्रायः
कार्यक्रममा उनी छुट्दैनन्। समाचार आजको बुधबार
साप्ताहिकमा छ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved