Home » » मधेसी मोर्चाले भन्यो- चिया विस्कुट खाने काम मात्रै भयो, यो त सडकमा पनि पाइन्छ...

मधेसी मोर्चाले भन्यो- चिया विस्कुट खाने काम मात्रै भयो, यो त सडकमा पनि पाइन्छ...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, २ मंसिर । आज भएको सरकार मधेसी
मोर्चाको वार्ता विना निष्कर्ष टुङ्गिगएको छ ।
वार्तामा एमाले एमाओवादी र आन्दोलनरत
मधेसवादी दलका नेताहरु सहभागी थिए । वार्ता
सकिएपछि सुरुमा बाहिर निस्किएका मधेसी
मोर्चाका नेता तथा संघीय समाजवादी फोरम
नेपालका अध्यक्ष उपेन्द्र यादवमाथि प्रश्नको
ओइरो लाग्यो ।
पहिलो प्रश्न पत्रकार ऋषि धमलाले सोधे– भित्र
के–के वार्ता भयो ? जवाफमा उपेन्द्रले वार्ता
भन्दा चिया र विस्कुटको गफबाट सुरु गरे । उनले भने-
भित्र चिया र विस्कुट खाएर गफ गर्ने काम मात्रै
भयो, वार्ता सार्ता केही भएन् । चिया विस्कुट त
सडकमा पनि पाइन्छ ।
उनले चिया विस्कुट खान मात्रै नबोलाउन
सरकारी वार्ता टोलीलाई आग्रह समेत गरे ।
त्यसपछि उनले आज वार्तामा मधेसी मोर्चाले
राखेको मागबारे ठोस प्रस्ताव नआएको, सरकारी
पक्ष गम्भीर नभएको बताए । उनले भने– ‘हाम्रो
मागमा सरकार इमान्दार भएन्, गम्भीर भएन्, समस्या
यहीनेर छ ।’

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved