Home » » भेनेजुयलामा किन धेरै बन्छन् विश्व सुन्दरी ? खतरनाक कारण यस्तो पो रहेछ

भेनेजुयलामा किन धेरै बन्छन् विश्व सुन्दरी ? खतरनाक कारण यस्तो पो रहेछ

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


दक्षिण अमेरिकी देश भेनेजुयला यस्तो देश हो जसले
विश्वमा अहिलेसम्मकै सबैभन्दा धेरै विश्व सुन्दरी
जन्माएको छ । यो देशमा ६ जना मिस वल्र्ड, ७ जना
मिस युनिभर्स, ६ जना मिस इन्टरनेसनल तथा २ जना
मिस अर्थ बनिसकेका छन् ।
भेनेजुयलामा यति धेरै सुन्दरी युवतीहरु हुनु खुसीकै कुरा
हो । तर यो सुन्दरताको अर्को अनौठो तथा भयानक
तस्वीर छ । यहाँका केटीहरुलाई निकै सानो उमेरदेखि नै
विश्व सुन्दरीका लागि तयार गर्न थालिन्छ । गरीब
भन्दा गरीब आमाबुवा पनि जसो तसो रकम खर्च गरेर
आफ्नी छोरीमाथि विश्व सुन्दरी बन्ने दबाब थोपर्न
सुरु गर्छन् ।
भेनेजुयलामा सयौँको संख्यामा सौन्दर्य एकेडेमी छन्,
जसलाई अन्तराष्ट्रिय मिडिया ब्युटी फ्याक्ट्री पनि
भनिन्छ । यी कारखानाहरुमा बालिकाहरुलाई सानै
उमेरदेखि पठाइन्छ । बालिका तथा किशोरीहरुलाई
सानै उमेरदेखि स्लिम बन्न दबाब दिइन्छ । निकै कम मात्र
खानेकुरा खान दिइन्छ । कम खाउन् भनेर जिब्रोमा
प्लास्टिक लगाइन्छ भने कतिपय बेला त घण्टौ सम्म भोकै
राखिन्छ ।
जिउका अंग सुडौल होउन् भनेर सानै उमेरमा विभिन्न
शल्यक्रिया पनि गराइन्छ । ८ वर्षको उमेर भित्रैमा
हर्मोनको सुइ पनि दिइन्छ, ता की उनको उचाइ कम
नहोस् । साथै केही हप्तासम्म वक्षस्थलमा कसिलो पट्टी
बाँधिन्छ । नाकको आकार ठिक बनाउन अप्रेसन गरिन्छ
। कमर छिनेको बनाउन पनि विभिन्न खाले सर्जरी
गराइन्छ । साथै वक्षस्थल र नितम्बलाई सुन्दर बनाउनका
लागि सिलिकनको झोल प्रत्यारोपण समेत गरिन्छ ।
यस्तो चलनलाई सरकारले पनि खुलेर सहयोग गरिरहेको छ
। एजेन्सी

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved