भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
१८ कात्तिक– सार्क सदस्य मुलुक
पाकिस्तानले भारतीय नाकाबन्दीको
चपेटामा परेको नेपाललाई सहयोग गर्ने
इच्छा व्यक्त गरेको छ ।
नेपालका लागि पाकिस्तानी राजदूत
अर्सद सउद खोसाले सभामुख ओनसरी
घर्तीलाई बुधबार सिंहदरबारमा भेटेर
जुनसुकै सहयोगका लागि पाकिस्तान
तयार रहेको बताएका हुन् ।
सभामुख निर्वाचित भएकामा बधाई
दिन पुगेका राजदूत अर्सदले
नाकाबन्दीका कारण नेपाली जनताले
दुःख पाएकोबारे पाकिस्तान सरकार
जानकार रहेको भन्दै सहयोगको
प्रतिबद्धता जनाएका हुन् ।
त्यस क्रममा उनले सभामुख घर्तीसमक्ष
नेपालका राजनीतिक दल, संसद् र
सरकारले भारतले नाकाबन्दी गरेको भन्न
नसक्नुको कारणबारे चासो राखेका
थिए ।
‘हामीलाई थाहा छ नाकाबन्दीका कारण नेपालीलाई ठूलो सास्ती ब्यहोरिरहेका छन्’, राजदूत असर्दको भनाइ उद्धृत
गर्दै सभामुख घर्तीले भनिन्, ‘असल मित्रका नाताले हामी नेपाललाई परेको दुःखमा जस्तो सुकै सहयोगका लागि तयार
छौं ।
0 comments:
Post a Comment