भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
इन्धन आपूर्तिका लागि चीनसँग छिट्टै सम्झौता हुने:-
गणेशमान पुन
काठमाडौँ, २ मङ्सिर । वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले इन्धनलगायत अत्यावश्यक
वस्तुको सहज आपूर्तिका लागि सबै विकल्प अगाडि बढाइएको बताउनुभएको छ ।
चीन भ्रणमणबाट स्वदेश फर्किएपछि मन्त्रालयमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले चीन,
बङ्गलादेशलगायतका मित्रराष्ट्रसँग इन्धन आपूर्तिका लागि पहल भइरहेको जानकारी
दिनुभयो ।
उहाँले नेपाल–चीनबीच भएको सम्झौतालाई मूर्तरुप दिन दुई देशबीच व्यापारिक
सम्झौताका लागि भोलि मन्त्रालयको टोली त्यसतर्फ प्रस्थान गर्ने बताउनु भयो ।
चीन भ्रमणमा आफूले त्यहाँका उच्च अधिकारीसँग अनौपचारिक छलफल गरेको र त्यसले
सकारात्मक वातावरण तयार गरेको बताउँदै उहाँले भन्नुभयो, “आवश्यकताअनुसार सुलभ मूल्यमा
इन्धन उपलब्ध गराउन चीन सहमत भएको छ । त्यसतर्फ जाने प्रतिनिधिमण्डलले सबै प्रक्रियाको
टुङ्गो लगाउनेछ ।”
पेट्रोलियम पदार्थका अतिरिक्त विकल्पका रुपमा उच्च गुणस्तरको खाना पकाउने ग्यास
पनि आयात गर्न सकिने भएकाले त्यससम्बन्धमा अध्ययन भइरहेको उहाँले स्पष्ट पार्नुभयो ।
मन्त्री पुनले भन्नुभयो, “उच्च हिमाली क्षेत्रबाट गुणस्तरीय ग्यास आयात गर्न अप्ठ्यारो नपर्ने
चिनियाँ प्राविधिकले बताएका छन् । सोहीअनुरुप अध्ययन गरिनेछ ।”
इन्धन आयात गर्दा चीन सरकारले लगाउने स्थानीय कर छुट दिन सहमत भएको उल्लेख गर्दै उहाँले
भारत र चीनबाट इन्धनको मूल्यमा खासै अन्तर नहुने उल्लेख गर्नु भयो ।
बङ्गलादेशबाट इन्धन आयात गर्दा भारतको अवरोध भएमा हवाई मार्ग पनि प्रयोग गर्न सकिने
विकल्प रहेको बताउँदै उहाँले भूपरिवेष्ठित राष्ट्रले पाउने पारवहनको अधिकार प्रयोग गरेर भए
पनि आयात गरिने दाबी गर्नुभयो ।
उहाँले कालोबजारी नियन्त्रण गर्दै इन्धनलगायतका अत्यावश्यक सामग्रीको पारदर्शीरुपमा
उपभोक्तासमक्ष सहजरुपमा पु¥याउन गृह प्रशासन, स्थानीय निकाय र आयल निगमबीच
सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयोे । रासस
0 comments:
Post a Comment