भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
नेपाल टेलिकमले कात्तिक २२ गते अाइतबारदेखि थोरै
रुपैँयाको सानो डाटा प्याकेज सुरु गर्ने भएको छ।
यो प्याकेजमा करबाहेक ८ रुपैयाँमा १० एमबी डाटा
पाइनेछ भने ३५ रुपैयाँमा ५० एमबी डाटा पाइनेछ। १०
एमबीलाई दुई दिनभित्र उपयोग गरिसक्नु पर्छ भने ५०
एमबीको १० दिन भित्र उपयोग गरिसक्नुपर्नेछ।
यसअघि जिएसएममा टेलिकमको सबैभन्दा सानो
प्याकेज २ सय एमबीको रहेको थियो थियो।
सिडिएमएमा भने ४० एमबीको एउटा प्याकेज मात्र
सानो भोल्युममा राखिएको छ। १५ रुपैयाँ पर्ने यो
प्याकेजको समयावधि तीन दिनको हुनेछ।
कसरी लिने प्याकेज ?
जिएसएम पोस्टपेडमा डाटा सुविधा लिनका लागि
डाटा र आफुले चाहेको Volume को बीचमा खाली
Space राखेर १४०० मा एसएमएस पठाउनु पर्छ। जस्तैः 10
MB डाटा लिनुपरेमा DATA 10MB टाइप गरी १४००
मा एसएमएस पठाउनु पर्छ ।
जिएसएम पोस्टपेडमा प्रयोग गर्न बाँकी रहेको डाटा
भल्युम थाहा पाउन CB टाइप गरी १४००
मा एसएमएस पठाउन सकिन्छ।
जिएसएम प्रिपेड र सिडिएमए/पोस्टपेडमा डाटा
सुविधा लिनका लागि आफुले चाहेको डाटा भल्युम
उल्लेख गरी १४१५ मा एसएमएस पठाउनु पर्छ । जस्तैः ४०
एमबी डाटा लिनु परेमा DATA40MB टाइप गरी १४१५
मा एसएमएस पठाउनु पर्छ ।
जिएसएम प्रिपेड र सिडिएमए/पोस्टपेडमा प्रयोग गर्न
बाँकी रहेको डाटा भल्युम थाहा पाउन VL टाइप गरी
१४१५ मा SMS पठाउन सकिन्छ ।
0 comments:
Post a Comment