भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
सत्संगका लागि भेला भएको समूह
भनिए पनि आश्रममा
‘हातहतियार राखिएको, ज्यान
मार्ने उद्योग सञ्चालन गरिएको
र विस्फोटजन्य काम गराएको’
अभियोग
प्रकाशित: कार्तिक २१, २०७२
कार्तिक २१, २०७२-
हरियाणाको
हिसारस्थित भारतीय धर्मगुरु
रामपालको आश्रमबाट पक्राउ गरेर
स्थानीय जेलमा राखिएका
नेपालीमध्ये ७ जनालाई भारतीय
पहिचान जोडेर राज्यद्रोहको मुद्दा
चलाइएको छ । गत वर्ष कात्तिक २८
(२०१४, नोभेम्बर १४) मा हिसार,
चण्डीगढ रोडस्थित सतलोक आश्रमबाट
रामपालसहित उनका निजी
सुरक्षाकर्मी, सहयोगी र भक्तजन गरी ९
सय ३५ जना पक्राउ परेकामा न्यायिक
हिरासत तथा अनुसन्धानको क्रम
टुंगिएपछि झन्डै २ सयलाई राज्यद्रोहको
मुद्दा लगाइएको हो ।
‘यीमध्ये ७ नेपालीलाई भारतीय
नागरिकका रूपमा पहिचान स्थापित
गराएर राज्यद्रोहको मुद्दा चलाइएको
जानकारीमा आएको छ,’नेपाली
दूतावासका एक अधिकारीले भने ।
रामपाल प्रकरणमा २४ नेपाली पक्राउ
परेकामा बाँकीले जनही १ लाख भारु
धरौटी राखेर जेल सजायबाट छुटकारा
पाएका छन् भने ७ जनाका
हकमा ‘धरौटी लिन नमिल्ने’ फैसला
जिल्ला अदालतले सुनाएको हो ।
रामपाल आश्रममा सत्संगका लागि
भेला भएको भक्तजन समूह भनिए पनि
आश्रममा ‘हातहतियार राखिएको,
ज्यान मार्ने उद्योग सञ्चालन गरिएको
र विस्फोटजन्य काम गराएको’
अभियोग यो प्रकरणमा जोडिएको छ ।
स्रोतका अनुसार, राज्यद्रोहको
मुद्दामा ‘अपराधी’ भन्दै चार्ज–सिट
लगाइएकामा धनुषा, सखुवाका ३२
वर्षीय ईश्वर श्रेष्ठ, काठमाडौं,
बानियाँटारका २२ वर्षीय राजकुमार
गिरी, कञ्चनपुर महेन्द्रनगरका ३९ वर्षीय
योगेन्द्र चन्द र सिरहा गोलबजारका ३५
वर्षीय विनोद यादव छन् । यसैगरी,
सिरहा मिर्चैयाका २५ वर्षीय विजय
दास, मोरङ उर्लाबारीका ४७ वर्षीय
सुरेशराम राई र सुनसरी इटहरीका ३४
वर्षीय लक्ष्मण बस्नेतसमेत रहेका छन् । यी
सबै नेपालीको चार्ज–सिटमा
राष्ट्रियता ‘भारतीय’ भनेर उल्लेख गर्दै
जिल्ला अदालतमा मुद्दा चलाइएको छ
। यी नेपालीलाई सजायमुक्त गराउन
नेपाली दूतावासले आफ्नै संयन्त्रबाट पहल
गर्दै आए पनि ‘गम्भीर प्रकृतिको अपराध’
भनेर सुनुवाइ हुन सकेको छैन ।
‘सुरुमा तीन महिनाका लागि
न्यायिक हिरासतमा राखिने
भनिएको थियो,’हिसारको
जेलकाण्डमा परेका नेपालीको मुद्दा
हेरिरहेका दूतावासका काउन्सेलर
राजेन्द्रमान श्रेष्ठले कान्तिपुरसँग भने,
‘जिल्ला अदालतबाट धरौटी पाउन
नसकेको अवस्थामा उच्च न्यायालयमा
जानुपर्ने अवस्था हुन्छ, यसका लागि
आवश्यक स्रोत र सूचना समन्वय
जुटाइरहेका छौं ।’
गत साता मात्रै हिसार पुगेर थुनामा
रहेका नेपालीलाई भेटेर आएकी
काठमाडौंकी गौरी शर्माले ‘स्वामी
रामपालको भक्तजन भएकै आधारमा
पक्राउ परेकाको हकमा कहीं कतै धरौटी
बुझाएर छुटकारा लिन नचाहेको’
जानकारी दिइन् । थुनामा रहेका
नेपालीको स्थिति पहिचानमा
दिल्ली आएका पत्रकार प्रेम कैदीले
नेपाली दूतावाससँग समन्वय गरेर उच्च
न्यायालयसम्म जाने पहल गरिरहेको
बताए ।
‘तर कानुनी लडाइँ अघि बढाउन
दूतावाससँग आवश्यक रकम नरहेको
जानकारी पाएको छु,’ उनले भने । यो
प्रकरणमा मुख्य अभियुक्त बनाइएका
धर्मगुरु रामपालसमेत हिसार जेलमै
थुनामा छन् भने उनको रिहाइ तथा
न्यायिक छानबिनका लागि
रामपालका भक्तजनले जन्तरमन्तरमा धर्ना
दिँदै आएका छन् । नेपाली दूतावासले
आफ्नो कूटनीतिक संयन्त्रबाट थुनामा
रहेका नेपालीसँग भेट गर्दै आएको भए पनि
तिनलाई रिहा गराउन प्रभावशाली
कानुनी कामकारबाही अघि बढाउन
सकेको छैन ।
0 comments:
Post a Comment