Home » , » जन्मैदेखि मलद्वार नभएकी बालिका

जन्मैदेखि मलद्वार नभएकी बालिका

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

महेन्द्रनगर, मंसिर १४ - जन्मजात मलद्वार नभएकी सात
महिने छोरीको उपचारका लागि खर्च जुटाउन
उनकी आमा सदरमुकाम
महेन्द्रनगरका सरकारी कार्यालय गुहार्न थालेकी छन् ।
आर्थिक सहयोग माग्दै बिहीबार जिल्ला प्रशासन
पुगेकी कञ्चनपुरको दैजी ५ की गोलमा साउदले प्रमुख
जिल्ला अधिकारीलाई
भेटी उपचारको व्यवस्था मिलाइदिन आग्रह गरिन् ।
'सिडियो सा'बले बाल कल्याण समितिबाट तीन
हजार दिलाइदिनुभयो,' उनले भनिन्, 'यति पैसाले
काठमाडौं पुग्ने बाटो खर्च पनि पुग्दैन,
कसरी छोरीको उपचार गर्नु ।' गत
वैशाखमा जन्मेकी छोरी राधिकाको मलद्वार
नभएपछि आमा गोलमाले उपचारका लागि सेती अञ्चल
अस्पताल ल्याइन् । 'डाक्टरहरूले यहाँ उपचार हुन सक्दैन,
काठमाडौंको कान्ति बाल अस्पताल लान सल्लाह
दिए, खर्च नभएर उता लान सकेकी छैन,' उनले भनिन् ।
मलद्वार नभएकाले बालिकाले दिसा/पिसाब एकै
ठाउँबाट गर्दै आएको उनले बताइन् । अहिलेसम्म स्वस्थ नै
देखिए पनि दिशा गर्दा भने चिच्याएर रुने गरेको उनले
बताइन् । 'ठूली हुँदै गएपछि झनै समस्या होला भन्ने
चिन्ता लाग्छ,' उनले भनिन् । विपन्न परिवार र तीन
छोरीकी आमा २८
वर्षीया गोलमाका पछि लालसिंह पहाड घर
बैतडीमा छन् । दैजीमा दुई
कठ्ठा जग्गामा छाप्रो बनाएर बसेका उनीहरू
गाउँघरमा अँधिया खेतीबाट गुजारा चलाउँछन् ।
जिल्ला प्रशासनमा उपचार खर्चको बजेट नभए
पनि बाल कल्याण समितिबाट तीन हजार सहयोग
दिलाएको प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र
घिमिरेले बताए ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved