भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एजेन्सी । अन्तरिक्षबाट पृथ्वीमा
भग्नावशेषको एक टुक्रा खस्ने भएको छ,
त्यो पनि दक्षिण एसियामै । यो मानव
निर्मित भग्नावशेष अपोलो स्पेस
मिशनको समयको हुन सक्ने अनुमान
गरिएको छ ।
यो श्रीलंका र भारतको नजिक रहेको
हिन्द महासागर क्षेत्रमा खस्ने
वैज्ञानिकहरुको दावी छ । ‘दि
इन्डिपेण्डेंट’को रिपोर्ट अनुसार यो १३
नोभेम्बर बिहान सवा ६ बजे पृथ्वीमा
खस्नेछ । यस भग्नावशेषलाई WT1190F
शर्टकटमा WTF नाम दिईएको छ ।
यो कुनै खाली अब्जेक्ट तथा कुनै प्रयोग
भइसकेको रकेटजस्तो हुनेछ । वैज्ञानिकहरु भन्छन्, ‘यस्ता भग्नावशेष त्यहीँ जलेर नष्ट हुनुपर्ने हो । तर WT1190F पृथ्वीमा खस्ने
भयो । यो पृथ्वीमा खस्दा आकासमा बम वर्षा गरेजस्तो हुनेछ ।’
अन्तरिक्ष वैज्ञानिकहरुको एउटा टीम यसबारे आपतकालीन योजना बनाउन जुटेको छ । स्पेस मिसनका कैयन यस्ता
भग्नावशेषहरु अन्तरिक्षमै घुमिरहेका छन् । यसमध्ये WT1190F यस्तो भग्नावशेष हो, जुन पहिलो पटक पृथ्वीमा खस्दैछ ।
0 comments:
Post a Comment