भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एजेन्सी । इन्डोनेसियाको नजिक रहेको समूद्री क्षेत्रमा दुर्घटनाग्रस्त एयर एसियाको विमानको ब्ल्याक बक्सबाट
‘ककपिट भ्वाइस रेकर्डर’ निकालिँदैछ ।
पाइलटले आखिरी समयमा के भन्दै थिए, यही सुन्नका लागि भ्वाइस निकाल्न लागिएको हो । यसबाट दुर्घटनाको
कारण पत्ता लगाउन सहज हुने विश्वास गरिएको छ ।
यसरी ब्ल्याक बक्समा रहेको ककपिट भ्वाइस रेकर्डरबाट आवाज निकाल्न लागिएको यो पहिलो पटक भने होइन ।
विभिन्न समयमा दुर्घटनाग्रस्त विमानका ब्ल्याक बक्सबाट यस्ता आवाजहरु निकालिसकिएका छन् ।
यस्ता आवाजहरु निकै नै हृदयविदारक हुने गर्छन् । एक किसिमको डर, चिच्याहट मृत्युलाई आफ्नो सामने देखेपछि आउने नै भयो
।
अन्तिम समयमा कतिले भगवान त कतिले आमालाई सम्झिएको पाइन्छ । यस्तै ७ वटा भोइस क्लिपमा बोलिएका
आवाजबारे हामीले यहाँ जानकारी दिँदैछौं ।
Plane Crash
७ मे १९६४: प्यासिफिक एयरलाइन्स ७७३ मा एक प्यासेन्जरले दुई पाईलटलाई गोली प्रहार गरे । त्यसको केही बेरमा विमान
क्यालिफोर्नियाको पहाडमा ठोकियो ।
आखिरी शब्द: ‘स्पीकरलाई गोली लाग्यो……, हामीलाई गोली हानिएको छ …. । म मद्दत गरिरहेको छु …..।’
५ जुलाई १९७०: एयर क्यानडाको ६२१ पाईलटको गल्तिका कारण ओंटारियो एयरपोर्टमा ल्याण्ड गर्दैगर्दा दुर्घटनाग्रस्त
भयो । त्यसक्रममा १९ जनाले ज्यान गुमाए ।
आखिरी शब्द: ‘पीट ….. सरी !’
25 सेप्टेम्बर १९७८: प्यासिफिक साउथवेस्ट एयरलाइन्स १८२ सेन डिएगो एयरपोर्टको माथि एक प्राईभेट विमानसँग
ठोक्कियो । त्यसमा सवार १ सय ४४ जनाले ज्यान गुमाए ।
आखिरी शब्द: ‘मम्मी … आई लभ यू’
28 नोभेम्बर १९७९: एयर न्यूजिल्याण्ड ९०१ फ्लाइट खराब मौसमका कारण माउण्ट इरेबसमा ठोक्कियो । त्यसको भग्नावषेश
अझै पनि त्यहाँ भेट्न सकिन्छ ।
आखिरी शब्द: ‘खोई मैले स्थिति ठिक देखिरहेको छैन । ….. हैन ?’
१३ जनवरी १९८२: पाईलटको गल्तिले एयर फ्लोरिडा ९० विमान वासिंगटनमा प्याटोम्याक नदिमा बनेको पुलसँग
ठोक्किएर पानीमा खस्यो । पुलमा रहेका ४ र विमानमा सवार ७४ जनाले ज्यान गुमाए ।
आखिरी शब्द: ‘ल्यारी, हामी तलतल जाँदैछौं, ल्यारी …. मलाई थाहा छ ।’
८ जुन १९८२: ब्राजिलमा अवतरणका क्रममा फ्लाइट १६८ पहाडसँग ठोक्कियो । त्यसमा सवार १ सय ३७ जनाले ज्यान गुमाए
।
आखिरी शब्द: ‘के … ? त्यहाँ के हो ? कुनै पहाडजस्तो देखिँदैछ । … हैन ?
२२ अक्टोबर १९८६: मीडिया कम्पनी डब्ल्यूएबीसीको हेलिकोप्टर न्यूयोर्कमा हडसन नदीमा खस्यो । यस दुर्घटनामा
रेडियो ट्राफिक रिपोर्टर जोन डार्नेकरको मृत्यु भयो । उनी यसै प्रकारहो दुर्घटनामा त्यसअघि बल्लबल्ल बाँचेका थिए
।
आखिरी शब्द: ‘हामी पानीसँग ठोक्कियौं ……, पानीसँग ठोक्कियौं ………, पानीसँग ठोक्कियौं ।’
sajhapost.com
0 comments:
Post a Comment