Home » , » दुई वर्षे बालकले गरे आमाको हत्या

दुई वर्षे बालकले गरे आमाको हत्या

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

लस एन्जेल्स : एक दुई वर्षे बालकले
आमाको हत्या गरेभन्दा अचम्म लाग्नसक्छ । तर
अमेरिकाको लस एन्जेल्समा मङ्गलबार त्यस्तै भएको छ ।
तर उनले जानेर आफ्नी आमाको हत्या गरेका भने पक्कै
होइनन् । त्यसो त उनलाई हत्या भनेकै
पनि कहाँ थाहा छ र ?
बन्दुक बोकेकी आमाको झोलाबाट ती बालकले
त्यो बन्दुक झिके र अन्जानमै पकड्काउन पुगे । आमाले
सो बन्दुक पड्काउनलाई ठिक्क पारेर
झोलामा राखकाले यो दुर्घटना हुन पुगेको हो ।
लस एन्जेल्सको हाइडेनमा रहेको इदाओ डिपार्टमेन्टल
स्टारेमा २९ वर्षीया आमा बेरोनिका रुट्लेज
आफ्नो परिवारसँग किनमेल गरिरहेकी थिइन् ।
सोही क्रममा ती महिलाको दुई वर्षीय छोराले
झोलाबाट बन्दुक झिकेको पत्तै भएन । बन्दुक
झिकेपछि ती बालकले आमालाई ताकेर
हानेको बताइएको छ ।
यो निकै नै दुःखद घटना भएको छ–
त्यहाँका एकजना स्थानीय अधिकारीले
बताएका छन् । यो दुर्भाग्यवस हुन
पगेको घटना हो उनको भनाई छ । ती आमाले
छोरालाई उक्त स्टोरको ह्वील चियरमा राखेर आफूले
सामान छान्दै गरेकी थिइन् र सोही समयमा उनले
आमाको झोलाबाट त्यो बन्दुक झिकेका थिए ।
उनी बिदा मनाउने
क्रममा किनमेलका लागि त्यहाँ गएकी थिइन् । उनले
सो समयमा कुनबेला आफ्नो छोराले बन्दुक
झिक्यो भन्ने नै थाहा नपाएको हुनसक्ने अनुमान
गरिएको छ ।
ती महिलाले लाइसेन्स लिएर नै बन्दुक
राखेको खुलेको छ । अमेरिकामा व्यक्तिले लाइसेन्स
लिएर बन्दुक राख्न पाउने वा नपाउने भन्ने बारेमा बहस
जारी रहेका बेला मङ्गलबार यो घटना भएको छ ।
स्थानीय सो डिपार्टमेन्टल स्टोरले
पनि विज्ञप्ति प्रकाशन गरी निकै नै दुःखद
घटना आफ्नो पसलमा भएको र
पसलमा किनमेलाका लागि आएकी एक
ग्राहकको अन्जानमा ज्यान गएको बताएको छ ।
उनी अरु तीनजना बालबालिकासँगै
किनमेलका लागि त्यहाँ गएकी थिइन् । झोलाबाट
त्यो बन्दुक झिक्ने काममा सघाएका थिए वा थिएनन्
भन्ने बारेमा प्रहरीले अनुसन्धान
गरिरहेको बताइएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved