भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं– खेलकै क्रममा चोट लागेर ज्यान
गुमाएका अस्ट्रेलियन क्रिकेटर फिलिप ह्युजले प्रयोग
गरेको ब्याट सर्वोच्च शिखर सगरमाथा पुर्याइने
भएको छ। ह्युजप्रति श्रद्धाञ्जली प्रकट गर्न नेपाल
क्रिकेट संघ (क्यान)ले राखेको यस्तो प्रस्तावलाई
क्रिकेट अस्ट्रेलियाले स्वीकार गरेको हो।
ह्युजको निधनले विश्वभरका क्रिकेटप्रेमीलाई
छोएको यो प्रस्तावले पुष्टि हुने क्रिकेट
अस्ट्रेलियाका अध्यक्ष वाली एडवार्डले बताए।
मेलवार्नमा सुरु भएको बक्सिङ डे टेस्टको लञ्च
समयमा कुराकानी गर्दै नेपाल क्रिकेट उनले
संघको प्रस्तावबारे बताएका हुन्।
आगामी वर्षको आरोहण सिजन अर्थात् मार्च/
अप्रिलमा ह्युजको ब्याट, जर्सी र क्रिकेट
अस्ट्रेलियाको झन्डा सगरमाथा शिखरमा पुर्याइने
क्रिकेट अस्ट्रेलियाले जनाएको छ।
एडवार्डका अनुसार ह्युजको सम्झनामा नेपालमै ६३
ओभरको श्रद्धाञ्जली म्याचसमेत खेलिनेछ। ६३ रन
बनाएको अवस्थामा बलले लागेपछि ह्युजले मैदान
छाडेका थिए।
क्यानले भने ह्युजप्रति श्रद्धाञ्जली अर्पण गर्न आफूहरूले
गरेको प्रस्तावबारे औपचारिक रूपमा क्रिकेट
अस्ट्रेलियाबाट जानकारी आए–
नआएको बताएको छैन। क्यानकी प्रमुख
कार्यकारी अधिकृत भावना घिमिरेले शुक्रबार
दिउसो विज्ञप्ति जारी गर्दै 'अस्ट्रेलियन क्रिकेट
बोर्डबाट सकारात्मक पहल भइरहेको समाचार
अन्तर्राष्ट्रिय सञ्चार जगत्बाट
प्रकाशमा आइसकेको' उल्लेख गरेकी छिन्।
आफ्नो प्रस्तावलाई मूर्तरूप दिन संघले पर्यटन
तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन महाशाखा,
पर्यटन बोर्डलगायत निकायसँग आवश्यक पहल गर्ने उनले
बताएकी छिन्।
0 comments:
Post a Comment